गण्डकवासीको चिन्ता


                गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले गण्डक समस्यामा आधारित एक कार्यशाला गोष्ठी आज नवलपरासीको प्रतापपुरमा सम्पन्न गरेको छ ।
             

समितिका अध्यक्ष रामबरन केवटको अध्यक्षतामा संचालित गोष्ठीमा भारतीय पक्षले गर्दै आएको बेवास्ता तथा निर्माण कार्यको गुणस्तरहीनताले नेपाली जनजीवन खतरामा पर्दै गएका कारण बेलैमा सजग हुनुपर्ने बताएका छन् । कार्यक्रममा भारतीय पक्षले तत्काल शुरु गरेको निर्माण कार्य रोकिएको प्रति चिन्ता पनि जाहेर गरिएको छ । कार्यक्रम गण्डक नदी नियन्त्रण संघर्ष समितिले आह्वान गरेको आगामी महिनाको पानी रोको आन्दोलनको औचित्यतामा आधारित थियो । 
                गोष्ठीमा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका तारा सिंह, पत्रकार वृजराज कुशवाहा, ईन्द्णी समाजिक विकास मञ्चका गण्डक परिचालक सन्तोष श्रेष्ठ र गाविस सचिवहरु लगायतकाले आ आफना विचार राखेका थिए । सचिव दुधनाथ गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।


                                       वृजराज कुशवाहा बैशाख १३
................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी