गण्डकवासीको चिन्ता


                गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले गण्डक समस्यामा आधारित एक कार्यशाला गोष्ठी आज नवलपरासीको प्रतापपुरमा सम्पन्न गरेको छ ।
             

समितिका अध्यक्ष रामबरन केवटको अध्यक्षतामा संचालित गोष्ठीमा भारतीय पक्षले गर्दै आएको बेवास्ता तथा निर्माण कार्यको गुणस्तरहीनताले नेपाली जनजीवन खतरामा पर्दै गएका कारण बेलैमा सजग हुनुपर्ने बताएका छन् । कार्यक्रममा भारतीय पक्षले तत्काल शुरु गरेको निर्माण कार्य रोकिएको प्रति चिन्ता पनि जाहेर गरिएको छ । कार्यक्रम गण्डक नदी नियन्त्रण संघर्ष समितिले आह्वान गरेको आगामी महिनाको पानी रोको आन्दोलनको औचित्यतामा आधारित थियो । 
                गोष्ठीमा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका तारा सिंह, पत्रकार वृजराज कुशवाहा, ईन्द्णी समाजिक विकास मञ्चका गण्डक परिचालक सन्तोष श्रेष्ठ र गाविस सचिवहरु लगायतकाले आ आफना विचार राखेका थिए । सचिव दुधनाथ गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।


                                       वृजराज कुशवाहा बैशाख १३
................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day