प्रहरी बीटसंगैको भवनमा ताला तोडेर चोरी, व्यापारी आक्रोसित

१८ पौष, २०७३ नवलपरासी

सटरको ताला फुटाई बहुमुल्य मालसामान चोरिदै गरेको नवलपरासी गोपीगञ्ज बजारको घटनामा प्रहरी निष्कृय बनेको भन्दै स्थानीय व्यावसायीहरु सशस्त्र प्रहरीप्रति आक्रोस व्यक्त गरेका छन् । सटरको ताला फुटाई सामान चोरिने घटना विगत एक महिनाभित्र चार पटक घटेको र हालसम्म चोरहरु पक्राउ गर्न नसकिएको प्रति निन्दा गरिएको छ ।
गएराती पनि गोपीगञ्जमा सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा रहेको एक मोबाईल पसलको सटरको ताला तोडेर मोबाईल लगायत अन्य सरसामान चोरिएको घटनापछि स्थानीय व्यावसायीहरु आफुलाई असुरक्षित महशुस गरेका छन् ।
सशस्त्र प्रहरीको लापरवाहीका कारण गोपीगञ्जमा चोरीको घटना बढदै गएको स्थानीयको आरोप छ । एकपछि अर्काे घटना घटदै जांदा व्यापारीहरु चिन्तामा परेका तथा प्रहरीको सुरक्षाले आफुहरु सुरक्षित नरहेको बताएका छन् । स्थानीय व्यापारी नाजीर अन्सारीका अनुसार सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा ताला तोडेर मालसामान चोरिएपछि व्यापारीहरु असुरक्षित बनेका हुन् । उनले भने विगत एक महिनामा चोरीको यो चौथो घटना हो ।
२ दिन अघि अर्काे एक मोबाईल पसलमा ताला तोडेर मोबाईल लगायतका सरसामान चोरिएको थियो  । त्यस्तै एक हप्ता अघि सैफ मोबाईल पसलमा पनि ताला तोडेर लाखौंको मालसामान चोरिएको थियो ।
पटकपटकको घटनापछि गोपीगञ्ज बजारका पसले तथा व्यावसायीहरु सशस्त्रको प्रहरी कार्यालय घेराउ गरेका थिए । छलफलमा सशस्त्र प्रहरी नायब उपरिक्षक अर्जुन रोकायाले गस्ती बढाउने र बजारको सुरक्षा स्थिती मजबुत बनाउने आश्वासन दिएका थिए । उनले प्रहरी बीटमा बस्नुका साथै रातीको बेला बजारको अन्य क्षेत्रमा पनि सुरक्षा दिन गएको बेला चोरहरुले यो घटना घटाएको हुनसक्ने बताए ।
जनपथ प्रहरी सेमरीका सई भिमार्जुन अधिकारीले चोरीको यस घटनालाई प्रहरीले महत्वका साथ लिईएको र अनुसन्धान भैरहेको बताउदै उनले चांडै नै चोरहरुको गिरोह समात्ने दावी गरे । प्रहरीका अनुसार चोरीका यस्ता घटनामा लागु औषधिका प्रयोगमा फसेका युवाहरुको समुह हुनसक्ने अनुमान समेत गरिएको छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day