Posts

नायिका सञ्चिता लुइँटेलको करामत ........

Image
पाँच पाँच वर्षमा सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ र जन्माअन्तरका लागि महिलाहरुले संगिनी ३ महिने सुई लगाउनु पर्छ भन्ने विज्ञापन तपाईहरुले टेलिभिजनमा देख्नु भएकै होला । यो सन्देश दिने विज्ञापनमा अभिनय गर्ने नायिका सञ्चिता लुइँटेल हुन् । तर उनको जीवनमा भने यो विज्ञापनमा भने जस्तो भएन । उनले पहिलो सन्तान जन्माएको ठिक एक वर्षपछि दोश्रो सन्तान जन्माएकी छिन् । २०६८ साल भदौ ४ गते छोरा जन्माएकी उनले २०६९ साल भदौ ४ गते नै दोश्रो सन्तानको रुपमा छोरी जन्माएकी छिन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उनले सोमवार राती छोरीलाई जन्मदिएकी हुन् । डेलिभरी भने शल्यक्रियाबाट भएको थियो । उनलाई बेलुकी पाँच बजेतिर अस्पताल भर्ना गरिएकोमा ७ बजेर ४० मिनेटमा उनले स्वस्थ शिशुको जन्मदिईन् । उनको बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । मुम्बईमा संघर्ष गरिरहेका एक्सन हिरो निखिल उ...

नेपाल राष्ट्र बैंकको कर्तुत ....

नेपाल राष्ट्र बैंकको यस दर रेटको कुनै अर्थ छ र ? भारतीय १०० खरिद गर्न १६०.१५ तिर्नुपर्छ भन्छ बैंकले . तर भारतीय १०० खरिद गर्नका लागि १६५ तिर्नु परेको छ , के यो नेपाल राष्ट्र बैंकलाई थाहा छैन र ? जनता मारमा छन् बैंक त् के सरकार पनि आँखामा मोतिबिन्दु र मुखमा बुन्जो हाली बसेको  होला .?

गाउँ खाने कथा (Village eating story )

Image
गाउँ खाने कथा (Village eating story ) अपरेसन गर्नु पर्ने इमर्जेन्सी कल आए पछि उनी हतार हतार गरेर अस्पताल आईपुग्छन् । त्यो केस हेर्न सक्ने दक्ष चिकित्सक उनी नै एक थिए । उनी सरासर अपरेसन थिएटर तिर लम्किन्छन् । विरामीका बुबा जस्ता लाग्ने व्यक्ति निकै व्याकुलताका साथ ओहोर दोहोर गरिरहेका थिए । डाक्टर आएको थाहा पाए पछि तिनी बाघझैँ झम्टिन पुग्छन् उनीमाथि, "किन यति ढिला ? तिम्लाई थाहा छैन, मेरो छोरा जीवन र मरणको दोसाँझमा छट्पट्टिरहेको छ ? डाक ्टर भएर अलिकति नि जिम्मेवारीको बोध छैन तिम्लाई ?" उनले विनम्रतापुर्वक जवाफ दिए, "माफ गर्नु होला । म यहाँ थिइन । खबर पाउनासाथ म दौडिएर यहाँ आएको छु । ... कृपया शान्त हुनुस् र मलाई मेरो काम गर्न दिनुस् । " उनको जवाफ भुईँमा खस्न नपाउँदै तिनी बम्किए, "शान्त ??...के तिम्रो आफ्नै छोरा यो रुम भित्र भएको भए तिमी शान्त रहन सक्थ्यौ ? यस्तै ढिलासुस्तिले अहिले तिम्रो छोरा मर्यो भने तिमी के गर्थ्यौ ?" मन्द मुस्कानका साथ उनेले फेरी जवाफ दिए, "म गीताको एउटा सार सम्झिने थिएँ - तिमी के लिएर आएका थियौ र के नै लिएर जानेछौ ।...

नारायणी नदिको कटान.......

Image
नारायणी नदिमा भएको कटानक  कारण नवलपरासीको दक्षिणई  क्षेत्रमा  तनाव   देखिएको छ । भारतको   मह्रराजगन्ज जिल्लाको भेरिहारिका किसानको उब्जाउ जग्गा कटानमा परेपछी बिचल्लिमा परेका छन । गएको हप्ता  ५०० बिगहा भन्दा  बढी खेत  कटान भएपछी अहिले भारत सरकारको ध्यान तनिएको छ । प्रहरी र अन्य कर्मीहरु  नदी नियन्त्रनामा खटेका  छन । 

मधेश पत्रकारिता ....

Image
मधेश तथ मधेशिका लागि वान्छनिय अधिकार तथ देशमा भएका अधिकारका लागि लडाईंबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यक रहेको अवस्थामा राजनेताहरु गैरजिम्मेवार बनिरहेको यस देशमा मधेशका आवजलाई बुलन्द बनाउनुका साथै मधेशका लागि पैरवी गर्नका लागि कपिलवस्तुको तौलिहवाबाट  प्रादेशिक समाचार नामक साप्ताहिक पत्रीका प्रकाशनको कार्यमा म माथि आइपरेको जिम्मेवरिलाई ब्यवस्थित गर्न केहि दिनको बसाइको क्रममा तौलिहावामा साथीहरुसँग  

नवलपरासीको एक गाविसमा तालाबन्दी

गाउँ परिषद्ले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा एमालेले नवलपरासीको कोटथर गाविसमा तालाबन्दी गरेका छन् । आर्थिक बर्ष २०६७०६८ को गाउँ परिषद्ले गाविस कार्यालय र उपस्वास्थ्य चौकीको सञ्चालन संबन्धि निर्णय कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरेको एमालेका स्थानीय नेता हिरासिंह रेश्मीमगरले बताउनुभयो । परिषद्ले वडा नंबर ५ मा उपस्वास्थ्य चौकी भएकाले गाविस कार्यालय वडा नंबर ४ मा राख्नुपर्ने निर्णय गरेको थियो । तर दलहरुको  सहमतिलाई वेवास्ता गर्दै उपस्वास्थ्य चौकी रहेकै वडा नंबर ५ मा गाविस कार्यालय सञ्चालन गरेकोले तालाबन्दी गरेको एमाले नेता रेश्मीमगरले बताउनुभयो । नेपाली कांग्रेसका कारण उपस्वास्थ्य चौकी र गाविस भवन एउटै वडामा राखिएको माओवादी र एमालेको आरोप छ । ‘गाविसका पूर्व अध्यक्ष चन्द्रबहादुर आले र उहाँको पार्टी कांग्रेसको अडानका कारण सहमति अनुसार काम हुन सकेन’ रेश्मीले भन्नुभयो । विवाद भएपछि गाविस सचिवलाई जिल्ला विकास समितिमा नै काजमा राखिएको छ । दलहरुको जिल्ला स्तरिय नेताहरुको रोहवरमा समस्या समाधान गर्ने स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताउनुभयो...

AWC नवलपरासीले gareko चिन्तालाई cdo र राजनीतिक दलले उचित कदम भएको बताएका छन् .

Image
आउदो दिनमा हुने आन्दोलनमा हुन सक्ने क्षति कम garauan र आन्दोलनलाई संयमित बनाउनका लागि AWC नवलपरासीले gareko  चिन्तालाई cdo  र राजनीतिक दलले उचित कदम भएको बताएका छन् . यस बारेमा तपाई के भन्नुहुन्छ ...................?