१२ को रिजल्ट यहा गएर हेर्नुस >>> http://www.hseb.edu.np/ मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षाफल आज २०६९ भदौ १७ गते प्रकाशित भएको हो । जस अनु सार ३८ दशमलव ५८ प्रतिशत students उत्तिर्ण भएको परिषदले जनाएको छ । परीक्षाफल एसएमएसबाट पनि थाहा पाउन सकिने छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेशर दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुहोला ।
पाँच पाँच वर्षमा सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ र जन्माअन्तरका लागि महिलाहरुले संगिनी ३ महिने सुई लगाउनु पर्छ भन्ने विज्ञापन तपाईहरुले टेलिभिजनमा देख्नु भएकै होला । यो सन्देश दिने विज्ञापनमा अभिनय गर्ने नायिका सञ्चिता लुइँटेल हुन् । तर उनको जीवनमा भने यो विज्ञापनमा भने जस्तो भएन । उनले पहिलो सन्तान जन्माएको ठिक एक वर्षपछि दोश्रो सन्तान जन्माएकी छिन् । २०६८ साल भदौ ४ गते छोरा जन्माएकी उनले २०६९ साल भदौ ४ गते नै दोश्रो सन्तानको रुपमा छोरी जन्माएकी छिन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उनले सोमवार राती छोरीलाई जन्मदिएकी हुन् । डेलिभरी भने शल्यक्रियाबाट भएको थियो । उनलाई बेलुकी पाँच बजेतिर अस्पताल भर्ना गरिएकोमा ७ बजेर ४० मिनेटमा उनले स्वस्थ शिशुको जन्मदिईन् । उनको बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । मुम्बईमा संघर्ष गरिरहेका एक्सन हिरो निखिल उ...
नेपाल राष्ट्र बैंकको यस दर रेटको कुनै अर्थ छ र ? भारतीय १०० खरिद गर्न १६०.१५ तिर्नुपर्छ भन्छ बैंकले . तर भारतीय १०० खरिद गर्नका लागि १६५ तिर्नु परेको छ , के यो नेपाल राष्ट्र बैंकलाई थाहा छैन र ? जनता मारमा छन् बैंक त् के सरकार पनि आँखामा मोतिबिन्दु र मुखमा बुन्जो हाली बसेको होला .?
गाउँ खाने कथा (Village eating story ) अपरेसन गर्नु पर्ने इमर्जेन्सी कल आए पछि उनी हतार हतार गरेर अस्पताल आईपुग्छन् । त्यो केस हेर्न सक्ने दक्ष चिकित्सक उनी नै एक थिए । उनी सरासर अपरेसन थिएटर तिर लम्किन्छन् । विरामीका बुबा जस्ता लाग्ने व्यक्ति निकै व्याकुलताका साथ ओहोर दोहोर गरिरहेका थिए । डाक्टर आएको थाहा पाए पछि तिनी बाघझैँ झम्टिन पुग्छन् उनीमाथि, "किन यति ढिला ? तिम्लाई थाहा छैन, मेरो छोरा जीवन र मरणको दोसाँझमा छट्पट्टिरहेको छ ? डाक ्टर भएर अलिकति नि जिम्मेवारीको बोध छैन तिम्लाई ?" उनले विनम्रतापुर्वक जवाफ दिए, "माफ गर्नु होला । म यहाँ थिइन । खबर पाउनासाथ म दौडिएर यहाँ आएको छु । ... कृपया शान्त हुनुस् र मलाई मेरो काम गर्न दिनुस् । " उनको जवाफ भुईँमा खस्न नपाउँदै तिनी बम्किए, "शान्त ??...के तिम्रो आफ्नै छोरा यो रुम भित्र भएको भए तिमी शान्त रहन सक्थ्यौ ? यस्तै ढिलासुस्तिले अहिले तिम्रो छोरा मर्यो भने तिमी के गर्थ्यौ ?" मन्द मुस्कानका साथ उनेले फेरी जवाफ दिए, "म गीताको एउटा सार सम्झिने थिएँ - तिमी के लिएर आएका थियौ र के नै लिएर जानेछौ ।...