Posts

महाकवि देवकोटा: जीवनी

लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा हुनुहुन्थ्यो । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ , डिल्लीबजारमा भएको थियो । उहाँको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उहाँ भन्ने गर्नुहुन्थ्यो , म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु । तर उहाँ आफैं जन्मेदखि नै रोगी हुनुहुन्थ्यो । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढ्नुभएको थियो । उहाँ सानैदेखि आफ्ना बुबाको कविता साफी गर्नुहुन्थ्यो । आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो । देवकोटालाई बुबाले पण्डित बनाउन खोज्नुभएको थियो । तर परिवारै त्यस विचारको विरोधम...

खानेकुरामा मिसावट कसरी थाहा पाउने ?

http://www.onlinekhabar.com/2013/11/133301/

Election Links

नमस्कार   प्रतक्ष तथा समानुपातिक तर्फको नमुना मतपत्र डाउनलोड गर्न यस लिंकमा जानुहोला   http://www.election.gov.np/EN/ voterinfo/ballot.php   जानकारी, प्रेस विज्ञप्ती आदिको लागि  निर्वाचन आयोगको होम पेज www.election.gov.np मा पनि जानुहोला   मतदाता नामावलीको लागी  http://www.election.gov.np/EN/ bbvrs/index.php  मा जानुहोला, २०६४ को संविधानसभा निर्वाचनको लागि http://www.election.gov.np/ reports/CAResults/reportBody. php  मा जानुहोला उम्मेदवारको नामावलीको लागि http://www.election.gov.np/EN/ ec/ca.php  मा जानुहोला विकिपिडियामा निर्वाचन आयोगको पेजको लागि http://ne.wikipedia.org/wiki/% E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0% A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4% 9A%E0%A4%A8_%E0%A4%86%E0%A4% AF%E0%A5%8B%E0%A4%97_(%E0%A4% A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE% E0%A4%B2 ) ना जानुहोला     धन्यवाद
वर्षदिनको लामो पर्खाईपछि बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्ने दिन आज . विजयादशमी 070 सबैका लागि शुभ बनोस्, देशका लागि पनि .......
नवलपरासी जिल्लाका ६ निर्वाचन क्षेत्र वाट उम्मेदवारी दिएका ३७ जना स्वतन्त्र उम्मेदवारलाई  आज चुनाव चिन्ह प्रदान गरिएकोछ । निर्वाचन आयोगले तोकेको ४२ वटा चिन्ह मध्ये रोज्न लगाएर उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । स्वतन्त्र उम्मदवार वाट चुनाव चिन्ह लिने तिन जना नेपाली काग्रेसका वागी उम्मेदवारले भने एउटै चुनाव चिन्ह रोजेका छन् । जस अन्र्तगत क्षेत्रनं ४ वाट काग्रेस वागी उम्मदेवार गुणनिधि तिवारी, क्षेत्रनं ५ का राद्येश्याम पाठक र क्षेत्रनं ६ का बागी उम्मेदवार दिनानाथ कोईरालाले काईयो चुनाव चिन्ह रोज्नु भएकोछ । यसैबिच स्वतन्त्र वाट सवैभन्दा बढि क्षेत्रनं  ५ वाट १४ जनाले उम्मेदवारी दिएकाछन् भने सवैभन्द कम क्षेत्रनं १  वाट एक जना को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । चुनाव चिन्ह लिनेमा क्षेत्रनं २ वाट तिन जना रहेकाछन् । जसमा चिरञ्जीवि जि.सी.को इनार, डासिराम वस्यालको अर्नाभैसी र राजकुमार श्रेष्ठको प्रेस रहेकोछ । त्यस्तै क्षेत्रनं ३ वाट ३ जनाले स्वतन्त्रको चुनाव चिन्ह पाएकाछन् जसमा गणेश प्रसाद अधिकारीको स्कुटर, प्रज्ञा मल्लको इनार र  चित्र घर्ति ...

संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०

स्वीकृत मिति २०७०।३।२६ संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७० प्रस्तावनाः स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरोकारवालाहरुसँग परामर्श गरी देहायको आचार संहिता बनाएको छ । परिच्छेद —१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०” रहेको छ । (२) यो आचार संहिता सम्वत् २०७० साल श्रावण ७ गते देखि प्रारम्भ हुने छ । २. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस आचार संहितामा,– (क) “निर्वाचन” भन्नाले सम्वत् २०७० साल मंङ्सिर ४ गते सम्पन्न हुने संविधान सभा सदस्यको निर्वाचन सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले निर्वाचन आयोग सम्झनुपर्छ । ३. आचार संहिता लागू हुने निकाय, अधिकारी, संस्था, र व्यक्तिः यो आचार संहिता देहायका निकाय, अधिकारी, संस्था र व्यक्तिलाई लागू हुनेछः– (क) राजनीतिक दल र उम्मेदवार, (ख) राजनीत...