Posts

नवलपरासीमा हात्ती अातंक, २ घाइते

नवलपरासीको गूठी परसौनी क्षेत्रमा बुधवार देखिएको जंगली हात्ती नियन्त्रण नगरिंदा क्षति पुर्याउने क्रम बढेको छ । राष्ट्रिय निकुञ्ज चितवनको जंगलबाट आएको सो हात्तीले नरसही गाविस ९ गोकुलनगरमा ४५ वर्षीया अमरावती देवी गुप्तालाई आक्रमण गरी घाईते बनाएपछि स्थानीयवासीले दिनभरी गरेको नियन्त्रणको प्रयास असफल रह्यो । दिनभरी उंखुबारीमा लुकेर बसेको हात्ती गएराती बैदौली गाविसमा २ वटा घर भत्काएको छ भने विहिवार विहान साढे २ बजे गूठी परसौनी गाविस २ मा बैदौली ५ श्रीरामपूरका ४० वर्षे राजेन्द्र कोईरीलाई आक्रमण गरी घाईते बनाएको छ । कोईरी ईन्दिरा सुगर्स मिल गंगापुरको ड्यूटीबाट घरतर्फ जांदै गरेको अवस्थामा आक्रमण गरेको हात्तीलाई धपाएर स्थानीयवासीले उनको उद्धार गरेका थिए । गएराती बैदौली बसहीया गाउंमा पुगेको हात्ती विहानपख गूठी परसौनीको मोतीपूर गाउंमा देखा परेको स्थानीय जन्त्री केवटले जनाएका छन् । विगत २ दिनदेखि देखा परेको हात्तीको आतंकले किसानको खेतको काम ठप्प भएको छ भने गूठीपरसौनी, बैदौली र गूठी सुर्यपूरा क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् । नियन्त्रणका लागि मध्यवर्ती क्षेत्र कसराका वार्डेनले नवलपरासीमा ...

‘ICRC’ले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

Image
10 October 2014 20:32  11.3K  19  14  1 Share5  1 नेपाल जापान डट कम सम्बाददाता- नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘ आइसीआरसी ’ ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘ रअ ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘ मिसन फायर ’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘ मिसन फायर ’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी...

यी हुन् सीके राउत ?

http://puleso.com/?post_type=news&p=35292 सप्तरी घर भएका यी पृथकतावादी अमेरिकाको अन्तरिक्ष अन्वेषण संस्था (नासा)का वैज्ञानिक पनि थिए । मधेसलाई स्वतन्त्र राष्ट्र बनाउने भित्री अभियान चलाएका राउतले  किन छोडे नासाको जागिर ? र, कसरी आफ्नो सञ्जाल बढाइरहेका छन् उनले मधेसमा ? - See more at: http://puleso.com/?post_type=news&p=35292#sthash.uX43MEnt.3Sgn9quV.dpuf

एकवर्षमा नवलपरासीबाट २० हजारले राहदानी लिए

नवलपरासी जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना केन्द्रमा पांच महिनाको अवधिमा ४७ वटा वैदेशिक रोजगार सम्बन्धिका घटना दर्ता भएका छन् । जसमा ६ वटा मृत्यु , २१ वटा ठगि छन् भने २० जनाको उद्धार सम्बन्धि रहेका छन् ।   बैदेशिक रोजगारमा जानेलाई वैधानिक र सुरक्षित वनाउने उद्देश्य सहित सञ्चालन गरिएको परियोजनालाई वर्दघाट नगरपालीकाको इन्द्रेणी सामाजिक विकास मञ्च र गैडाकोटस्थित हिमालयन सामुदायीक विकास मञ्च (हिकोडेफ)ले जिल्लाका ६ नगरपालीका सहित २ वटा गाविसमा कार्यक्रम शुरु गरेका छन् ।   हिकोडेफले सूचना केन्द्र स्थापना गरि कार्यक्रम सञ्चालन गरेको छ भने इन्द्रेणीले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।  कावासोतीमा सूचना केन्द्र स्थापना गरि परामर्श सेवा शुरु गरेको गैडाकोटस्थित  े हिकोडेफले फागुन देखि असार सम्म केन्द्रमा दर्ता गराएका मध्ये तिन जना मृत्यु भएका परिवारले क्षतिपुर्तीको रकम पाएको र बांकी तिन जनाको पहल भईरहेको जनाएको छ ।   परियोजनाका कार्यक्रम संयोजक रितुराम सोतिका अनुसार विदेशमा मृत्यु भएका ६ मध्ये एक जना म्या...

अालुका बहुउपयाेगी फाइदाहरूः

आलुका बहुउपयोगी फाइदा आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । आलु मधुर, गरिष्ट, मल तथा मुत्रलाई उत्पन्न गराउने रुक्ष र रक्तपित्त हटाउने वीर्यवर्धक, बलप्रद, कफ र वायुवर्धक, मधुर अग्नीवर्धक मानिन्छ । कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ । १०० ग्राम आलुमा पाइने पोषक तत्वको तालिका प्रोटिन – १ दशमलव ६ खनिज पदार्थ – ० दशमलव ६ कार्बोहाइड्रेड – २२ दशमलव ६ क्याल्सियम – १० मि.ग्रा. भिटामिन ए – ४० मि.ग्रा. भिटामिन सी – १७ मि.ग्रा. चिल्लो पदार्थ – ...
Image
मन परेको भनाइ

नेपालका बसभित्रै इन्टरनेट सुविधा सुरू

पोखराबाट काठमाडौं वा चितवन जाँदै हुनुहुन्छ र माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा यात्रारत हो भने अबदेखि तपाईले बसभित्रै इन्टरनेट चलाउन पाउनुहुन्छ । पोखराको उक्त ट्राभल्सले राजमार्गमा गुड्ने बसभित्रै इन्टरनेट सेवा दिन थालेको छ । यो रुटमा पहिलोपटक यसरी नियमित रुपमा बसभित्रै इन्टरनेट सेवा उपलब्ध गराइएको हो । बसमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर बसभित्रै निःशुल्क वाइफाई सेवा दिन थालिएको बसका सञ्चालक सोम थापाले बताए । ‘यात्रुको सुविधाका लागि यो सेवा जडान गरेका हौं । यसबाट बसमा यात्रा गर्दा सञ्चारसम्पर्कबिहीन हुनुपर्ने अवस्था आउनेछैन्,’ थापाले भने ‘यात्रा गर्दै इन्टरनेट चलाएर यात्रुले आफन्त र साथीभाईसँग सम्पर्क गर्दै व्यक्तिगत कामसमेत गर्न सक्नेछन् ।’ राजमार्गका केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सहज भएको उनले बताए । ‘खोच र घुम्तीमा नचल्न सक्छ । अन्यत्र राजमार्गमा यो सेवा चलाउन सकिने रहेछ,’ उनले भने । थापाका अनुसार नेपाल टेलिकमको वाइम्याक्सका आउटडोर युनिट बसमा जडान गरिएको नागरिक दैनिकमा खबर छ । त्यसमा वाईफाई राउटरको कनेक्सनमार्...