Posts

दुर्घटनामा परेका एक व्यक्तिको नवलपरासीमा मृत्यु

नवलपरासीमा विहिवार सांझ भएको सवारी दुघर्टनामा परी एक व्यक्तिको ज्यान गएको छ । मलामी गएको लु १ ख ५७५६ नं. को बस फर्कने क्रममा त्रिवेणीसुस्ता गाविस ६ स्थित गंडक नहरमा साढे ६ बजेको समयमा विपरित दिशाबाट अाउदै गरेका स्थानीय ६० वर्षीय मन बहादुर कार्कीलाइ ठक्कर दिदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक फरार भएको तथा बस रानीनगरमा स्थानीयवासीले नियन्त्रणमा लिएको बताइएको छ ।

यौन सम्बन्ध राखी काकीको हत्या गरेको आरोपमा पक्राउ

नवलपरासी, कातिक १६ - ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैंडाकोट ७ सित्तलनगरमा कार्तिक ८ गते राति २३ बर्षीय सुरेश कुमालले आफ्नै  हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।  २८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ । हजुरआमा भुईमा ढलेपछि उसले काकी देवी कुमाल चिच्याउन लाग्दा  मुख र घाँटी थिचेर दुवै जनाको हत्या गरेको  प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।   दशैंको टिकाको दिन काकी र हजुरआमाको हत्या गरेर फरार रहेका सुरेशलाई बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुरेश बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिन मात्र भएको थियो । सुरेशले यसभन्दा अगाडि पनि डर देखाएर  काकीसंग यौन सम्...

दशैंमा घर अएका नेपालीको रहस्यमय मृत्यू

                          नवलपरासीको त्रिवेणी स्थित नारायणी नदीमा अज विहान एक युवक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी स्थित गण्डक व्यारेज नजिकै मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीन्दाले त्रिवेणी प्रहरीलाइ खबर गरेका हुन । शव नरसही गाविस ९ का ३० वर्षीय मन गुरूङको रूपमा पहिचान भएको छ । गुरूङ गाउकै केही साथीहरूसंग घुम्नका लागि हिजो सांझ घरबाट निस्केको अाफन्तहरूको भनाइ छ । उनीसंगै गएका साथीहरूमध्ये स्थानीय ३२ वर्षीय शंकर गुरूङ पनि घाइते रहेको कुरा खुल्न अएकाले अपसमा कुटाकुट गरेको र सोही घटनामा गुरूङको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको बताइएको छ । उनी दशैंमा टिका लगाउन ५ वषर्पछि साउदीबाट नेपाल अाएका बताइएको छ । प्रहरिले अनुसन्धान जारी राखेको बताएको छ । .................................
Image
        नवलपरासीको गूठी परसेोनीमा स्थानीय युवाहरूले थालेको दुर्गा पुजाको अवसरमा बनाइएको दुर्गा मूर्ति । मूर्ति नेोलो विहान बहुमुखी सहकारी संस्थाको परिसरमा राखिएको छ । विजया दशमीको हार्दिक मंगलमय शुभकामना  नेपालीजनको महान चार्ड बिजयादशमीको हार्दिक मङगलमय शुभकामना । देबि दुर्गा भवानी सदैब दाहीना रहुन सबैको कल्याण गरुन । टिकाको उत्तम साहित बिहान ११ बजेर २९ मिनेटमा । टिका लगाउने पुर्ब फर्कने र लगाईदिने पश्चिम फर्केर लगाउँदा उत्तम हुँने । 

दिर्घकालिन उपयोगको सोंच ल्याउनुपर्ने

       दशैं पर्व चल्दैछ । ठाउठाउमा दुर्गा मुर्ति बनाइ भव्यताका साथ पुजा गरिदैछ । मुर्ति निर्माण , पुजा सामाग्री , नाचगान , सजावटमा लाखों रकम खर्चिने गरिएको छ । हरेक स्थानमा भैरहेको यो खर्चको कुनै दिगोपना छैन ।  अर्थात पुजा सकिएपछि यस लागतको कुनै अवशेष बच्दैन । यसरी धर्म र पुजाको नाममा चन्दा उठाइने र खर्च गरिने यस रकमको दिर्घकालिन सोंचका साथ प्रयोग गर्ने हो भने पुजाका साथै साथै ठोस भैातिक संरचना पनि तयार हुनेथ्यो । जुन यसै समाजका लागि धरोहर बन्थ्यो । यो क्रम फेरी मधेशमै व्याप्त छ ।              यसबारे सोच्नु पर्ने होइन त ? हामीले नसोंचे कसले सोंच्ने ? यो सोंच अहिले नगरे कहिले गर्ने ? विचार गर्नुस त यसरी खर्चिने लाखों रकमको भोतिक अवशेष केही पनि बाकी  नरहंदा लगानी खेर गएको जस्तो लाग्दैन र तपाइलाइ ?             चन्दाको यस रकमको प्रयोग पुजा मै भएपनि दिगो प्रयोजनका लागि भएको छैन । अाज हजारेां रूपिया खर्च गरी बनाइएको माटोको मूर्ति फाल्ने गरिएको छ । अर्थात हजारों रूपिया खेर गैरहेको छ । यसलाइ स्...
नवलपरासी, मधेशवादी नेताहरू मधेशप्रति इृमान्दार नरहेको बताउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेशमा एक पार्टी नै अावश्यक रहेको भए मधेशवादी नेताहरूले मधेशी पार्टीलाइ फोडेर ३ बाट १३ िकन बनाउथे होला ? त्यसैले मधेशी जनता होशियार हुने बेला अाएको बताउनुभएको छ । उहा अाज नवलपरासीमा पार्टी कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै विवादित विषयमा सहमति जुटाएर केही समयका लागि संविधान सभालाइ व्युताएर संघियता सहितको संविधान जारी नगर्नुको विकल्प नरहेको दावी गर्नुभयो ।

मानवअधिकारका लागि

प्रधानमन्त्री कार्यालय अगाडि धर्नामा बसेका मानवअधिकारकर्मी तथा नागिरक समाजका अगुवालाइ सरकारले पक्रेर अलोकतान्त्रिक कार्य गरेको प्रति जवाफदेहिता निगरानी समिति नवलपरासी घोर निन्दा एवम भर्त्सना गर्दछ । यसको सर्वत्र विरोध गरों ।