Posts

के गर्दैछन् पत्रकारिता पढेकाहरु ...........?

Image
के गर्दैछन् पत्रकारिता पढेकाहरु ? 0 in Share    एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्घान्त प्रयोग गरिराखेका होलान त ? विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन थाले पछि विगत दुई दशकदेखि अन्य विश्वविद्यालयअन्तर्गतमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरुले पनि पत्रकारिता तथा आमसञ्चारको उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न थाले । त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक अर्थात प्लस टु को तहमा पनि पत्रकारिता तथा आमसञ्चारको कार्यक्रम राखेको छ । तालिम केन्द्रहरु पनि खुलेका छन् । फलस्वरुप आज पत्रकारिता तथा आमसञ्चारका सिद्घान्त पढेका नेपालीको सङ्ख्या बाक्लै छ । लेखकः  लाल देउसा राई (यो लेख २०६९ भदौ ५ को अन्नपूर्ण पोष्टको मंगलबारे परिशिष्टांक शिक्षाबाट साभार गरिएको हो ।) मेरो खुल्दुली भनेको यी भूतपूर्व विद्यार्थीले पत्रकारिताको पेसा वा आमस...
Image
बिना मल खेती गर्न बाध्य रहेका नेपाली किसानहरूको सुखी र सम्पन्न बन्ने चाहनाका बाधक राज्यका शासकहरू पुरा हुन दिन्छन् र ?   
Image
नवलपरासीको हरपुर गोपालपुर पुगेका पुर्व राजा ज्ञानेन्द्र नेपालको राजनीतिक अवस्थालाइ लक्षित गर्दै राज्य व्यवस्थाको एक अाधार भएने भने राज्य पद्ति भताभूंग हुन्छ भने।  ०६९ साल कार्तिक २१ गते मंगलवारका दिन गोपालपुरमा नवनिर्मित शिव गोरक्ष कालिका मन्दिरमा प्राण प्रतिष्ठा तथा पुजा अर्चना गर्न गोरक्षनाथ गाेरखपुरका पिठाधिशका उतराधिकारी योगी अादित्यनाथ पनि उपस्थित थिए ।

सुनका गहना लगाउनेहरू खाली हात फर्कन बाध्य

अमेरिकी चिकित्सकहरुद्वारा सिरहाको लहानमा सञ्चालित बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन गएका बिरामीलाई फर्काइएको छ । वर्षौंदेखि बिरामी भएपनि उपचार गराउन नसकेका दलित र विपन्नका लागि शिविर सञ्चालन गरिएको भन्दै सुन लगाएका बिरामीलाई फर्काइएको हो । आयोजक समितिका सदस्य राकेश झाकाअनुसार, शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन आएका २० जना बिरामी शल्यक्रिया नगराई फर्किनुप¥यो । दुवै कान र नाकमा सुनका गहना लगाउनुका साथै रु पाँच हजारभन्दा माथि पर्ने साडी लगाएर शल्यक्रिया गराउन आएकाहरु फर्केर गएको आयोजक समितिका सदस्य झाले बताउनुभयो । उहाँले भन्नुभयो– “शिविर गरिब र विपन्न वर्गका बिरामीको लागिमात्र हो । त्यसैले धनीलाई फर्काउने गरेका छौंँ ।” धनी व्यक्तिहरु रुपैयाँ खर्च गरेर पनि शल्यक्रिया गराउन सकिने उहाँको भनाइ छ । संयुक्त राज्य अमेरिकाको अलोहा मेडिकल मिसन हवाईसँग  आबद्ध ४० जना चिकित्सकको टोली लहानमा आएर बृहत् निःशुल्क शिविर सञ्चालन गरिरहेका छन् । कात्तिक १४ गतेबाट सुरु भएको शिविर १० दिनसम्म चल्नेछ । शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैल...

सोमवार नेपालमा भुकम्पको झटका

Image
सोमबार साँझ चीनको सीमावर्ति क्षेत्रमा गएको भूकम्पको धक्का काठमाडौंसहितका देशका विभिन्न स्थानमा महशुस भएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार काठमाडौंबाट १ सय १६ किलोमिटर उत्तर पूर्वी चीनको चोङदुई नजिकैको सीमावर्ति क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । काभ्रेको बनेपा पनौतिमा समेत भूकम्पको धक्का सहशुस भएको छ । भूकम्पबाट कुनै क्षति भएको समाचार छैन ।

के पृथ्वीकोको अन्त २१ डिसेम्बर २०१२ मा हुन्छ त ?

Image
साचै तपाईं हुरु ले गूगल र यू टुबे मा वोर्ल्ड् एन्डिङ २०१२ खोज्नु भयो भने धेरै धेरै पोस्ट भेट्नु हुन्छ र तपाईंले विश्व अन्त हुने गजब गजबका कारण भेट्नु हुने छ। यसो हेर्दा लाग्छ ल! है साच्चैनै अन्त होला जस्तो लाग्छ।   ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त डिसेम्बर २१ मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले विश्व मा पनि खुब तहल्का मच्चाइ रहेको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन। कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने , कोही चाँही यो मोनोगडन्ते कुरा भन्नेहुरु को जमात को भिडहरु पनि धेरै छन समय समयमा यस्ता कुरा आइ राख्छन भनेर कसै कसै ले यो कुरामा खासै वास्ता राखेका छैनन! तेसो भये के हो त २०१२ के यो हल्ला हल्ला मा नै निराधार होला ?? तेसो भये ति फिल्म बनाउने मान्छे ले सबैलाई बकम्फुसे बनाएर पैसा बटुलेकाहुन त ?? विश्वमा यस्ता क्यालेन्डर हुरुपनी बनाएका छन २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने र...

केपी अेलीको ४४ वांण

‘ वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो , माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ । ‘ ( माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै ।) २. ‘ हात्ती दुब्लाएर बोरामा अट्दैन , मुसो मोटाएर हात्ती हुँदैन ’ ( संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिक्रिया) ३. ‘ छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् । ’ ( आफूलाई माओवादीविरोधी नठान्न अनुरोध गर्दै) ४. ‘ झुम्रा , कागज र अरू मटेरियल त पहिलै थिए , तर ती पहिलै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो , त्यो उसैले बनाएको भन्नुपर्छ । ’ ( पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद आफ्नो कार्यकालमा विकास भएको पार्टी अध्यक्ष झलनाथ खनालको भनाइलाई खण्डन गर्दै मदन भण्डारीको अगुवाइमा जबज विकास भएको बताउँदै) ५. ‘ झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भन...