Posts

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

नवलपरासी, अनावश्यक जलजमाव, अत्यधिक बाढी, जताततै नदी कटान र डुबानका पीडितहरु क्षतिपुर्ति नपाएर आजित भई आन्दोलित हुदा भारतको पानी ३४ दिनसम्म रोकिएपछि भएको सहमति अनुसार बितेको ४ वर्षमा ५ अरबको काम थालेको बताएपनि भारतले २१ बुदे सहमतिमध्ये मात्र ३ वटा काम गरेको छ । सहमतिका १८ वटा महत्वपुर्ण कामको थालनी नै नगरेकाले सहमति भएको ४ वर्षसम्म पनि क्षति हुने क्रम रोकिएको छैन । गएको वर्षायाममा मात्रै सयौं विगहा जमिनमा लगाईएका धान र उखुबाली डुबान र कटानका कारण  नष्ट भएको छ भने ५० विगहाभन्दा बढी उब्जाउ जग्गा नदीमा विलिन भएको संघर्ष समितिका उपाध्यक्ष पवित्रा न्योपानेको भनाइ छ । नारायणी नदीको स्पर नं. १२ नरसहीमा कटान तिब्र हुदा नरसही पकलिहवा र गुठी परसौनीका स्थानीयवासीन्दा हप्तौं दिनसम्म जाग्राम बसेर रात बिताए । प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आश्वासन कोरा कागतमा सिमित हुन गएकाले गण्डक क्षेत्रमाथि मडारिएको बादल अहिले पनि नटरेको समितिका प्रवक्ता गौरीशंकर कुशवाहाको बुझाई छ । नारायणी नदी जुनसुकै बेला गण्डक क्षेत्रको १३ गाविस बगाउने खतरा विद्यमान रहेकाले सुरक्षाका लागि परासीमा बसाई सर्न थालेका सु...

पासवर्ड भुल्नुहुन्छ कि ?

आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ । यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्भि m ने खालको होस् । लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ । पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ : सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेव...

के तपाइलाइ थाहा छ ? कहां छ रामग्रामः

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको १६ जिल्लामध्ये एक हो , नवलपरासी जिल्ला । यस जिल्लाको सदरमुकाम परासी बाजारमा छ । यहाबाट दक्षिणतर्फ चार किलोमिटरको दुरीमा झरही खोलाको तटमा पश्चिमतर्फ अवस्थित छ , रामग्राम स्तुप । सदरमुकाम परासीको नगरीय नाम पनि यसैको धार्मिक नामबाट राखिएको छ । रामग्राम नगरपालिकामा रहेको परासी बाजारबाट दक्षिणतर्फ एक पीच सडक गएको छ , जुन भारतीय सीमासम्म जाने गर्छ । परासीबाट दक्षिणतर्फ यस सडकमा चार किलोमिटर हिडेपछि उजैनी भन्ने गाउमा सडकमै भर्खरै बनेको बुद्ध प्रतिमा (स्तुप) छ । यहाबाट पुर्वतर्फ मोडिनुपर्छ । एक किलोमिटर भित्रै रामग्राम स्तुप रहेको छ । काठमाण्डौंबाट २३९ किलोमिटरको दुरीमा रहेको यस स्थानमा पुग्न निजी वा सार्वजनिक जुनसुकै सवारीसाधनबाट आफुले चाहेको जुनसुकै बेला पुग्न सकिन्छ । महेन्द्र राजमार्गले एउटै जिल्लामा ९९ किलोमीटर लामो दुरी तय गरेको जिल्ला एकमात्र नवलपरासी हो । जिल्लाको पुर्वी सीमाना मध्य नेपालको व्यस्त बाजार नारायणगढ नजिकै रहेको नारायणी नदीको पुलबाट पश्चिमतर्फ शुरु हुन्छ । रामग्राम स्तुप नारायणगढबाट झण्डै १०४ किलोमिटरको दुरीमा पश्चिमतर्फ अवस्थित छ ।...

नब्बे प्रतिशत भारतीय होते हैं बेवकूफ : काटजू

नई दिल्ली: भारतीय प्रेस परिषद के अध्यक्ष न्यायमूर्ति मार्कन्डेय काटजू ने दावा किया कि 90 प्रतिशत भारतीय ‘बेवकूफ’ होते हैं, जिन्हें शरारती तत्वों द्वारा धर्म के नाम पर आसानी से गुमराह किया जा सकता है। काटजू ने कहा, ‘मैं कह सकता हूं कि 90 प्रतिशत भारतीय बेवकूफ होते हैं। आप लोगों के दिमाग में भेजा नहीं होता... आपको आसनी से बहकाया जा सकता है।’ उन्होंने कहा कि दिल्ली में महज 2000 रुपये के लिए सांप्रदायिक दंगा भड़काया जा सकता है। उन्होंने कहा कि आपको महज इतना करना है कि किसी पूजा के स्थान के प्रति असम्मान दिखाते हुए कोई शरारतपूर्ण काम कर दें और लोग एक-दूसरे से झगड़ना शुरू कर देते हैं। काटजू के अनुसार, ‘आप पागल लोग आपस में झगड़ने लग जाएंगे और इस बात को समझेंगे भी नहीं कि इसके पीछे कुछ भड़काने वाले लोग हैं।’ उन्होंने कहा कि 1857 से पहले देश में कोई सांप्रदायिकता नहीं थी, लेकिन आज स्थिति बिल्कुल बदल गई है। उन्होंने कहा, ‘आज 80 प्रतिशत हिन्दू सांप्रदायिक हैं और 80 प्रतिशत मुस्लिम सांप्रदायिक हैं। मैं आपको बता रहा हूं कि यह कड़वी सच्चाई है। यह कैसे हो गया कि 150 साल में आप आगे...

‘पात्तिएका’ पण्डित सपार्न परिवारको बिलाप

Image
सत्तचरित्र फलाक्ने गुरु कुबाटोमा लागेको आरोप 66 २७ कात्तिक, काठमाडौं । श्रीमद्भागवत फलाकेर दुनियाँलाई सत्चरित्र र सत्मार्गमा लाग्न प्रेरित गर्ने पण्डित नै खराब बाटोमा लागेपछि उनका परिवार हैरान भएका छन् । देशबिदेशमा पुगेर पुराण भट्याउने युवा पुराण वाचक पण्डित दीनबन्धु पोखरेल तरुनीको चक्करमा लागेपछि परिवारका सदस्यलाई छटपटी बढाएको हो । लौ पण्डितलाई सपार्नुपर्यो, यसले घरपरिवार बिगार्यो, श्रीमती र छोरीलाई बिचल्ली बनायो, मानसम्मानमा नै आघात पार्यो भनेर उनका परिवार हारगुहार गर्दैछन् । साढे तीन वर्षअघि रुपन्देही मुर्गियाकी बिमलासँग बिहाह गरेका पोखरेलकी तीन वर्षकी छोरी समेत छिन् । बिहे गरे लगत्तै श्रीमतीलाई हेलाँ गर्न थालेका उनी परस्त्रीसँग लागेका उनका परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । पण्डित पोखरेलले श्रीमती बिमला र छोरी दिविसालाई चितवनको बैरियामा राखेका छन् । छोरी र श्रीमतीलाई चितवनमा थन्क्याएर पण्डित पोखरेल भने तरुनी फेर्दै हिँड्ने गरेको उनकै परिवारको आरोप छ । पण्डितका परिवारका अनुसार दीनबन्धुले तनहुँ डुमे्रकी यशोदासँग विवाह गर्ने वाचा गरेका छन् । यशोदासँग मात्रै होइ...

के गर्दैछन् पत्रकारिता पढेकाहरु ...........?

Image
के गर्दैछन् पत्रकारिता पढेकाहरु ? 0 in Share    एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्घान्त प्रयोग गरिराखेका होलान त ? विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन थाले पछि विगत दुई दशकदेखि अन्य विश्वविद्यालयअन्तर्गतमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरुले पनि पत्रकारिता तथा आमसञ्चारको उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न थाले । त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक अर्थात प्लस टु को तहमा पनि पत्रकारिता तथा आमसञ्चारको कार्यक्रम राखेको छ । तालिम केन्द्रहरु पनि खुलेका छन् । फलस्वरुप आज पत्रकारिता तथा आमसञ्चारका सिद्घान्त पढेका नेपालीको सङ्ख्या बाक्लै छ । लेखकः  लाल देउसा राई (यो लेख २०६९ भदौ ५ को अन्नपूर्ण पोष्टको मंगलबारे परिशिष्टांक शिक्षाबाट साभार गरिएको हो ।) मेरो खुल्दुली भनेको यी भूतपूर्व विद्यार्थीले पत्रकारिताको पेसा वा आमस...