वृजराज कुशवाहा/उज्यालो । नवलपरासी, बैशाख ४ - भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी सबै कागजपत्र कब्जामा लिएर काम अगाडि बढाउन रोक लगाएको सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीका एक जना सदस्य नै छानबिन गर्ने कामका लागि संयोजक तोकिएका छन् । नवलपरासी जिल्लाको निमित्त खटिएको सुकुम्वासी ...... For Detail clicks. http://www.ujyaaloonline.com/index.php?pageName=news_details&catId=17&id=19605
नवलपरासी नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका स्थानीयवासीलाई कुटेर ३ जना घाईते बनाएको प्रहरीले गल्ती स्विकार गर्दै माफी मागेका छन् । नारायणी नदीबाट गिट्टी बालुवा लोड गरी फर्कदै गरेको अवस्थामा नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले नदीमै कुटेका थिए । प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले केटेपछि नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द घाईते भएका थिए । घाईतेको पक्षमा हिजो अबेर प्रहरी चौकीमै घेरा हालेका स्थानीयवासीन्दासंग आफुसंग गल्ती भएको भन्दै प्रहरी सहायक निरीक्षिक बस्नेतले माफी मागेका हुन् । माफी मागेपछि घाईतेको उपचारका लागि रु. ५ सय रकम पनि दिलाईएको हो । चौकीमै घेरेका स्थानीयवासीन्दाले प्रहरी सहायक निरीक्षिक बस्नेतलाई लछारपछार पार्दै गालीगलौज समेत गरेको स्थानीय मनोज गुप्ताले बताए । अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको पीडितको भनाईको आधारमा प्रहरीले किन कसैलाई निकाल्न दिने र किन कसैलाई निकाल्न नदिने, प्रहरीले रकम लिएकै आधारमा विभेद गरेकोले घटना घ...
काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उ...
वितेको वर्ष २०६९ निराशा, विकृति, बेथिती, विसंगति, अराजकता, अस्थिरताको अन्त्यसंगै नया वर्षको शुरूवात भएको छ ....... http://www.nepaljapan.com/2013/04/14/41813/