नवलपरासी, अनावश्यक जलजमाव, अत्यधिक बाढी, जताततै नदी कटान र डुबानका पीडितहरु क्षतिपुर्ति नपाएर आजित भई आन्दोलित हुदा भारतको पानी ३४ दिनसम्म रोकिएपछि भएको सहमति अनुसार बितेको ४ वर्षमा ५ अरबको काम थालेको बताएपनि भारतले २१ बुदे सहमतिमध्ये मात्र ३ वटा काम गरेको छ । सहमतिका १८ वटा महत्वपुर्ण कामको थालनी नै नगरेकाले सहमति भएको ४ वर्षसम्म पनि क्षति हुने क्रम रोकिएको छैन । गएको वर्षायाममा मात्रै सयौं विगहा जमिनमा लगाईएका धान र उखुबाली डुबान र कटानका कारण नष्ट भएको छ भने ५० विगहाभन्दा बढी उब्जाउ जग्गा नदीमा विलिन भएको संघर्ष समितिका उपाध्यक्ष पवित्रा न्योपानेको भनाइ छ । नारायणी नदीको स्पर नं. १२ नरसहीमा कटान तिब्र हुदा नरसही पकलिहवा र गुठी परसौनीका स्थानीयवासीन्दा हप्तौं दिनसम्म जाग्राम बसेर रात बिताए । प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आश्वासन कोरा कागतमा सिमित हुन गएकाले गण्डक क्षेत्रमाथि मडारिएको बादल अहिले पनि नटरेको समितिका प्रवक्ता गौरीशंकर कुशवाहाको बुझाई छ । नारायणी नदी जुनसुकै बेला गण्डक क्षेत्रको १३ गाविस बगाउने खतरा विद्यमान रहेकाले सुरक्षाका लागि परासीमा बसाई सर्न थालेका सु...
लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा हुनुहुन्थ्यो । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ , डिल्लीबजारमा भएको थियो । उहाँको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उहाँ भन्ने गर्नुहुन्थ्यो , म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु । तर उहाँ आफैं जन्मेदखि नै रोगी हुनुहुन्थ्यो । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढ्नुभएको थियो । उहाँ सानैदेखि आफ्ना बुबाको कविता साफी गर्नुहुन्थ्यो । आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो । देवकोटालाई बुबाले पण्डित बनाउन खोज्नुभएको थियो । तर परिवारै त्यस विचारको विरोधम...
२४ पुष,२०७३ नवलपरासी नवलपरासीमा भर्खरै आएका एलडिओ जिवलाल भुषालको सरुवा रोकाउन, सरकारलाई दबाब दिनका लागि मधेशी मोर्चा, नेपाली कांगे्रस र नेकपा माओवादी नवलपरासीले आज परासीमा विरोध प्रदर्शन गरेको छ । बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी भुषालले खोलाहरुको अनुगमन गरि अवैध नदीजन्य पदार्थहरु जफत गर्दै कराडांैको राजस्व चुहावट रोकेका थिए । ठेकेदारहरुले अवैधरुपमा स्टक गरेको ढुङ्गागिट्टी, बालुवा, जेसिभी, टिप्परहरु भुषालले नियन्त्रणमा लिई कार्वाही गर्न खोज्दा ठेकेदारहरु मन्त्रालयमा दौडधुप गरि भुषालको धादिङ्ग जिल्लामा काज सरुवा गराएका हुन् । भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडांैको स्टकहरु जफत र करोडांैकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषाल र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको स्थानीय विकास मन्त्रालयमा काज सरुवा गराएका हुन् । तालाबन्दी ...
Comments
Post a Comment