Journalist, Feature writer & Human Rights Defenders.
सुस्तामा बाढीको पानी पस्ने खतरा
Get link
Facebook
X
Pinterest
Email
Other Apps
नवलपरासीको सुस्तामा कटान सुरु , नदीमा लगातार पानी बढ्ने क्रम जारी. बस्ती इलाकामा बाढीको पानी पस्ने खतरा . त्रिवेणी ब्यारेजमा २ लाख १७ हजार २ सय कुसेक पानीको बहाव मापन . स्थानीय प्रसासन बेखबर .
नवलपरासी, अनावश्यक जलजमाव, अत्यधिक बाढी, जताततै नदी कटान र डुबानका पीडितहरु क्षतिपुर्ति नपाएर आजित भई आन्दोलित हुदा भारतको पानी ३४ दिनसम्म रोकिएपछि भएको सहमति अनुसार बितेको ४ वर्षमा ५ अरबको काम थालेको बताएपनि भारतले २१ बुदे सहमतिमध्ये मात्र ३ वटा काम गरेको छ । सहमतिका १८ वटा महत्वपुर्ण कामको थालनी नै नगरेकाले सहमति भएको ४ वर्षसम्म पनि क्षति हुने क्रम रोकिएको छैन । गएको वर्षायाममा मात्रै सयौं विगहा जमिनमा लगाईएका धान र उखुबाली डुबान र कटानका कारण नष्ट भएको छ भने ५० विगहाभन्दा बढी उब्जाउ जग्गा नदीमा विलिन भएको संघर्ष समितिका उपाध्यक्ष पवित्रा न्योपानेको भनाइ छ । नारायणी नदीको स्पर नं. १२ नरसहीमा कटान तिब्र हुदा नरसही पकलिहवा र गुठी परसौनीका स्थानीयवासीन्दा हप्तौं दिनसम्म जाग्राम बसेर रात बिताए । प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आश्वासन कोरा कागतमा सिमित हुन गएकाले गण्डक क्षेत्रमाथि मडारिएको बादल अहिले पनि नटरेको समितिका प्रवक्ता गौरीशंकर कुशवाहाको बुझाई छ । नारायणी नदी जुनसुकै बेला गण्डक क्षेत्रको १३ गाविस बगाउने खतरा विद्यमान रहेकाले सुरक्षाका लागि परासीमा बसाई सर्न थालेका सु...
मेराे विचारः जन जागृति माध्यमिक विद्यालय गुठी परसाैनी नवलपरासीकाे प्रधानाध्यापक (बाबुराम सुबेदी) समक्ष मैले २०७५ साउन १८ गतेका दिन प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएं । याे जिम्मेवारी मलाइ विद्यालय प्रशासनले २०७४ असाढ महिनामा दिएको थियाे । एक वर्षभन्दा बढि समय भयो तर जति प्रयास गरेपनि यस व्यक्तिसंग सहकार्य गर्न सकिएन । जतिबेला जुन विषयमा पनि कुरा परामर्श गर्न खाेज्याे अाश्वासन मात्र दिने तर काम चांही नगर्ने रहेछ । तर विद्यालय चलाउने काम अाश्वासनले हुदैन । पछिपछि यस व्यक्तिले मेराे भेटघाट, छलफल तथा विचार विमर्शकाे कामलाइ पनि समस्या मान्न थाल्याे । नितान्त संस्थागत विषयलाइ लिएर बैठक बसाैं र छलफल गरि समाधान गराैं यसले विद्यालयलाइ फाइदा हुन्छ कि भन्दा पनि तयार नभएपछि निकास खाेज्न बाध्य भएं । यसले मलाइ कामकाे जिम्मा त दियाे तर समस्या पर्याे भने सहयाेग नगर्ने रहेछ भन्ने प्रष्ट भयाे र मैले निर्णय लिएं कि अब याे व्यक्तिसित भनाभन गरिरहनु तथा संस्थाकाे विकासलाइ बन्धक बनाइरहनु भन्दा म अाफुले संस्थालाइ सहयाेग गर्नुपर्छ र बाटाे खुल्ला गरिदिएं । कि शायद यिनी अरू कसैलाइ त्याे पदमा ल्याउन ...
उमेश बि.क नवलपरासी, १२ भदौ । काेरोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले नेपाल रेडक्रस साेसाईटी बालपुरी शाखा सरावलकाे अध्यक्ष प्रदिप अग्रहरीले निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं भनेर अाग्रह गर्नु भएको छ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) समुदाय स्तरमा अाइसकेकाे हुनाले यसबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे। नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै नवलपरासीका सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । नवलपरासीको साताैँ स्थानीय तहले गरिबीका रेखामुनि रहेका जनतालाई अबिलम्ब राहत दिनु जरुरी रहेको बताउदै ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज ल्याउन जनप्रतिनिधिलाई अाग्रह गर्नुभएको हाे । यश बिपतकाे घडीमा हामी सम्पूर्ण समाजसेवी ,समाजिक अ...
Comments
Post a Comment