गोपालपुरमा हुने यज्ञमा पूर्व राजा ज्ञानेन्द्र

 विश्व हिन्दु महासंघ राजा स्थापित गराउनका लागि अब राजनीतिमा आउने भएको छ । महासंघका केन्दि्रय सदस्य तथा सञ्चार संयोजक अस्मिता भण्डारीले नेपालका राजनीतिक दलहरुले विश्वको एक मात्र हिन्दु देशका राजालाई हटाएर देशलाई धर्म निरपेक्ष बनाई धर्मसंग राजनीति गरेकाले अब हिन्दु महासंघले पनि राजनीति गर्ने बताउनु भयो ।
उहाँका अनुसार राजा स्थापित गराउने उद्देश्यले महासंघ अब जनतामा जाने र अन्तरिम संविधान ०६३ का अनुसार राजा नेपालमा कायमै रहेको जानकारी गराउने छ । यसका लागि दबावमूलक काम गर्नका लागि पनि महासंघले अगुवाई गर्ने उहाँले बताउनुभयो । त्यसैको तहत राजा आमजनताको मनोभावना बुझ्न जनतामा जाने गरेको तथा देशका विभिन्न स्थानमा भ्रमणमा गर्ने गरेको उहाँले रणनीतिक खुलासा समेत गर्नुभयो ।
कार्तिक २१ गते पूर्वराजा ज्ञानेन्द्र गोरक्षपीठका उत्तराधिकारी योगी आदित्यनाथको संयोजकत्वमा हुने एक यज्ञमा सहभागी हुन नवलपरासी आउनेबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा भारतका हिन्दु युवा वाहिनीका जिल्ला उपाध्यक्ष नरसिंह पाण्डे समेतको उपस्थिती थियो ।
नवलपरासी जिल्लाको दक्षिणी सीमामा रहेको हरपुर गाविसको गोपालपुरमा भोली १८ गतेदेखि शुरु हुने यज्ञमा पूर्व राजा ज्ञानेन्द्रले कार्तिक २१ गते सम्बोधन गर्ने कार्यक्रम छ । गोरक्षपीठका उत्तराधिकारी योगी आदित्यनाथको संयोजकत्वमा हुने सम्बोधन कार्यक्रममा भारतीय सांसद योगी आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्र एकै मञ्चमा एक साथ रहनु हुनेछ ।

Comments

Popular posts from this blog

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी