एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् ।

NTC को websms सेवाजस्तै हामिले यसको प्रयोग गरी Ncell बाट Ncell का मोबाईल मा दिनको १० ओटा SMS सित्तैमा पठाउन सक्छौँ । आफ्नै मोबाईल नम्बरबाट साधारण एसएमएस जसरी जाने , उत्तीनैखेर Deliver हुने र पछि पठाउने एसएमएसलाई समेत पहिल्यै Schedule गरेर राख्न मिल्ने भएकोले नेपाल टेलिकमको तुलनामा यसलाई राम्रो मान्न सकिन्छ

सूचारु गर्ने तरिका :
Ncell मा यो सेवा सुरु गर्नका लागि तपाईले मोबाईल नम्बर र सिमकार्ड लिदाँ प्रयोग गरीएको नागरिकता वा पासपोर्टको नम्वर राखेर यहाँ बाट सिधै अथवा http://ncell.com.np मा गई दायाँ तर्फ रहेको “Access your account online through E-care (Web Customer Care)” सगैँ रहेको Click Here बटन मा क्लिक गरी “Activate your ecare account” अन्तर्गत Ncell Ecare को एकाउन्ट खोल्नुपर्ने हुन्छ ।
Ecare को एकाउन्ट खोलीसकेपछि एसएमएसमात्र नभएर तपाईले आफ्नो व्यक्तिगत विवरण परिवर्तन गर्न , PIN Number , PUK Code थाहा पाउने , Call History हेर्ने , मोबाईल रिचार्ज गर्ने आदि सम्पूर्ण सुबिधा पाउनुहुन्छ ।
[ धेरैजसोमा नागरिकता वा पासपोर्ट नम्वरको फर्म्याट नमिलेर एकाउन्ट बनाउँदा समस्या आएको देखिएको छ । कुनै समस्या आएमा ९००५ मा डायल गरी सोध्न सक्नुहुन्छ ]
SMS पठाउने तरिका :
Ecare को एकाउन्ट बनाईसकेपछि माथिको जस्तो Click Here बटन मा क्लिक गरी वा सिधै यहाँबाट आफ्नो एकाउन्टमा Log In गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा देखिने Business Info Maintain अप्सन छान्नुहोस् । अब Send SMS भनेर देख्नुहुनेछ । त्यहाँ Click गर्नुहोस् र चाहेको नम्बर राखि SMS लेखेर पठाउनुहोस् ।
ncell[1]_20100727084008

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day