नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशनले जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको छ । संघले आगामी ४ वर्षका लागि अध्यक्ष पदमा बिक्रम प्रसाद यादवलाई चयन गर्दै ४३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो ।
पुष २१ गतेका दिन नवलपरासीको दाउन्ने उच्च मावि बर्दघाटमा आरम्भ भएको उद्घाटन सत्रपछि स्थगित बन्द सत्रले सुक्रवार परासीमा सम्पन्न गरेको बन्द सत्र तथा टुङ्गो लगाएको जिल्ला कार्य समितिको महिला उपाध्यक्ष पदमा रेवती सारु तथा अर्का उपाध्यक्ष पदमा मोहनलाल कलवारलाई चयन गरेको छ । त्यस्तै सचिव पदमा प्रदीपराज घिमिरे, कोषाध्यक्ष पदमा पिंजड बहादुर चौधरी, सहसचिव पदमा विश्वराज शर्मा र महिला सहसचिव पदमा सत्यदेवीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
भौगोलिक रुपमा जिल्लामा रहेको कुल १५ वटा ईलाकाबाट एक एक जना गरी चयन भएका सदस्य पदमा वृजराज कुशवाहा, कृष्ण पुरी, ओम प्रसाद श्रेष्ठ, गोविन्द पौडेल, गोपाल वस्ताकोटी, कुश्माखर न्योपाने, तेज प्रसाद भुषाल रहेका छन् । त्यस्तै सदस्य पदमा चयन हुनेमा पशुपति गुप्ता, चेतनाथ अधिकारी, राज किशोर गुप्ता, राजेश केसी, शुक्रराज भट्टराई, जयदेव पाठक, चन्द्रकेश यादव र दामोदर भट्टराई रहेका छन् ।
प्रत्येक निर्वाचन क्षेत्रबाट एक एक जना महिला सदस्य राख्नुपर्ने नेपाल शिक्ष संघको विधान अनुसार जिल्लाको ६ वटा निर्वाचन क्षेत्रबाट क्रमशः दुर्गा आचार्य, ईश्वरी भुषाल, गीता रायमाझी विष्णु भट्ट, ओमकुमारी चौधरी र संगिता सिंह महिला सदस्य पदमा चयन हुनुभएको छ ।
नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधिमा महिलातर्फबाट ३ जना केन्द्रिय प्रतिनिधि नुममाया रजाली, तारा शर्मा र सीता शर्मा चयन हुनभएको छ । त्यस्तै, पुरुष तर्फबाट ६ जना केन्द्रिय प्रतिनिधिमा ईन्द्रराज भट्टराई, चोक बहादुर पाईजा, काशीराम पाठक, वेद प्रसाद न्योपाने, सदानन्द गुप्ता र पुर्णलाल सापकोटा पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै, निजी श्रोत शिक्षकका तर्फबाट गोविन्द रिमाल सदस्य पदमा चयन हुनुभएको छ भने मनोनिततर्फ शत्रुघन बर्मा, यार महम्मद खां, रबिन्द्र श्रेष्ठ, सुर्य प्रसाद भण्डारी र नलराज पाण्डेय चयन हुनुभएको छ ।
नेपाल शिक्षक संघ नवलपरासीले जिल्ला कार्य समितिको चयन तेश्रो पटक पनि सर्वसम्मत गराउन सकेको नेपाल शिक्षक युनियन नवलपरासीका अध्यक्ष मोहन प्रसाद शर्माले घोषणा सभामा सभापतिको आसनबाट शुभकामना तथा बधाई ज्ञापन गर्दै चयन कार्यमा सबै शिक्षकहरुले सहयोग गरेर एकता देखाएको बताए । प्रमुख अतिथी एवम नेपाली कांग्रेसका केन्द्रिय कार्य समिति सदस्य कृष्णचन्द नेपालीले संघमा आवद्ध रहेका नवलपरासी जिल्लाका १ हजार ८ सय शिक्षकहरुले संघलाई केन्द्रमा पहिचान बनाउने कार्यलाई निरन्तरता दिएको बताए । घोषणा सभामा नेपाली कांग्रेसका जिल्ला सभापति देवेन्द्रराज कण्डेल, लक्ष्मी पाण्डे, नवनिर्वाचित नेपाल शिक्षक संघका अध्यक्ष बिक्रम प्रसाद यादव, पुर्व उपाध्यक्ष चोलाकान्त शर्मा कण्डेल, पुर्व सचिव राधेश्याम पाठक, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य मणिकण्ठ कण्डेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
वृजराज कुशवाहा पौष २७
.....................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day