सेवाग्राहीको हक बहालीका लागि नवलपरासीमा सूचना अभियान

             नवलपरासीका सार्वजनिक निकायहरुले सामाजिक जवाफदेहीताका लागि पालन गर्नुपर्ने सूचना प्रवाह सम्बन्धी व्यवस्था कार्यान्यवन नगरेको पाईएको छ ।
सेवाग्राहीलाई सुसूचित हुनका लागि निकायहरुमा अनिवार्य रुपमा राख्नुपर्ने नागरिक वडापत्र, उजुरी पेटिका र सूचना पाटी धेरै कार्यालयहरुमा राखिएको छैन । केहिमा राखिएका नागरिक वडापत्र मेटिएर बुझ्न नसकिने अवस्थामा छ । गुनासो पेटिकाहरुमा चराले गुडँ बनाएको र सुचना पाटी नभएकाले सूचनाहरु भित्तामा टाँसिने गरेको सामाजिक जवाफदेहीता नवलपरासीका अभियानकर्ता चुडामणि पौडेलले बताए ।
सार्वजनिक निकायहरुले नियमित रुपमा गर्नुपर्ने सूचनाको अद्यावधिक र प्रकाशन अझैपनि नभैरहेको अवस्था छ । यसमा निकायहरुले सम्पादन गरेको विभिन्न १३ प्रकारका सूचनाहरु प्रत्येक ३ महिनामा आफै सार्वजनिक गर्नुपर्ने हुन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सार्वजनिक निकायहरुलाई नागरिक वडापत्र, गुनासो पेटिका र सूचना पाटी राख्न पनि कानुनी रुपमा अनिवार्य व्यवस्था गरेको छ ।
जिल्लाका सार्वजनिक निकायहरुमा सम्पादन गरिने काम, सेवाग्राहीले पाउने सेवाको किसिम, लाग्ने समय, दस्तुर, सेवा दिने अधिकारीको नाम र कोठा नम्बर लगायतका विवरण स्पष्ट हुने गरी नागरिक वडापत्रको व्यवस्था गरिएको हुनुपर्छ । तर नवलपरासीको धेरै निकायमा नागरिक वडापत्र राखिएको छैन भने केही निकायमा राखिएको नागरिक वडापत्रको अक्षर मेटिएर पढन नसक्ने अवस्थामा छ । कृषि विकास शाखामा राखिएको नागरिक वडापत्र सेवाग्राहीले सजिलै हेर्न पाउने स्थानमा नभएर भवनभित्र राखिएको सामाजिक जवाफदेहीता नवलपरासीका अभियानकर्ता पौडेलले बताए ।
सार्वजनिक निकायहरुले सेवाग्राहीले दुःख पाएको तथा चित्त नबुझेको अवस्थामा सेवा र सुविधाबारे गुनासो गर्न पाउनुपर्छ तर त्यसका लागि आवश्यक पर्ने गुनासो पेटिकाको व्यवस्था पनि नगरिएको अवस्था छ । व्यवस्था गरेका निकायहरुले पनि समय समयमा खोल्ने र परेका गुनासोमाथि पहल नगरेको सामाजिक जवाफदेहीता नवलपरासीका सहजकर्ता अनिल यादवले बताए । उनले अगाडि भने जिल्ला शिक्षा कार्यालय नवलपरासीको गुनासो पेटिका खोलाउन जांदा लागेको ताला खोल्न घण्टौं लाग्यो र अन्त्यमा ताल्चा नै काट्नुपर्याे ।
त्यस्तै, सबै सार्वजनिक निकायहरुमा सूचना प्रदान गर्ने साधन सूचना पाटीको समेत व्यवस्था नगरिएको अवस्था विद्यमान छ । सूचनाहरु भित्तामा टाँसिने गारिएको त्यँहाका कर्मचारीहरुले जानकारी दिएका छन् । जसले सूचनाहरु म्याद अघि नै खुईलिएको तथा उक्किएर जाने गर्नाले सेवाग्राहीहरु सूचना पाउनबाट वञ्चित हुनुपरेको अभियानकर्ता बिना धवलको भनाई छ । उनले अगाडि भने नागरिक वडापत्र र सूचनाहरु पढन नसक्ने अवस्थामा रहेका तथा गुनासो पेटिकामा चराले गुंड लगाएकोले समयमा खोल्ने काम नगरिएको स्पष्ट हुन्छ ।
सार्वजनिक निकायहरुमा अवस्था अध्ययन गर्ने तथा सूचनाका साधनहरु व्यवस्था गर्नका लागि पैरवी गर्ने कार्य गरिरहेको सामाजिक जवाफदेहीता कार्यक्रमले जनतासंग प्रत्यक्ष सम्पर्क हुने जिल्लाका ४ वटा कार्यालय र ५ वटा गाविसहरुलाई निगरानीमा राखेको छ । जिल्लाको मनरी, सरावल, हकुई र पाल्ही गाविस कार्यालयमा पनि नागरिक वडापत्र, सूचना पाटी र गुनासो पेटिकाको व्यवस्था गरिएको थिएन । कुश्मा गाविसले यस व्यवस्थालाई पहिलेदेखि नै कार्यान्यवनमा राखेको अभियानकर्ताहरुको भनाई छ । मधेश मानवअधिकार गृह माहुरी होम कपिलवस्तुले जिल्लामा सामाजिक जवाफदेहिता कायक्रम सञ्चालनमा ल्याएपछि बढेको निगरानी तथा पैरवीले सुधार आएको छ ।
नियमित अनुगमन तथा कार्यालयका कमृचारी भेटघाटपछि मनरी, हकुई, र पाल्हि गाविसमा नागरिक वडापत्र, गुनासो पेटिका र सूचना पाटीको व्यवस्था भएको अभियानकर्ता बीना धवलको भनाइृ छ । त्यस्तै, त्यहांका अन्य सार्वजनिक निकायहरु अन्र्तगत गाविस कार्यालय, स्वास्थ्य चौकी, हुलाकमा पनि नागरिक वडापत्र, उजुरी पेटिका र सूचना पाटीको व्यवस्था गर्न थालिएको छ । सूचनाका यी साधनहरुको व्यवस्था गरिएपछि स्थानीयवासीन्दामा सूचना पढन आउने तथा नबुझेका कुरा सोधीखोजी गर्न थालिएको छ । नागरिक वडापत्रमा भएका कुरा सेवाग्राही आफैले अध्ययन गर्न थालेपछि काम गर्न सहज भएको मनरी गाविसका सचिव गुञ्जेश्वरी चोधरीले बताएका छन् ।
त्यसैगरी अनुगमनको असर परेपछि जिल्लामा रहेका चार कार्यालय जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयमा पनि नागरकि वडापत्र, उजुरी पेटिका, सूचना पाटीको प्रयोग बढेको पाईएको छ । अभियानकर्ताहरुले महिनाको दुई पटक उजुरी पेटिका खोल्ने गरेका छन् ।
०७० भदौ २५ गते
..........................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी