नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।
यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day