Posts

प्रचण्डले ! 'हेग जाने डरले भिक्षु बन्छन्, या जनताबाट मारिन्छन्' या आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् ।

Image
क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ । माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्‍याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’ जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’ पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत ...

स्वस्थानीका असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचना

स्वस्थानी कथामा भएका कतिपय विषय अमिल्दा , असान्दर्भिक एवं महिलामाथि विभेद निम्त्याउनेखालका छन् । स्वस्थानीमा भएका कतिपय असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचनासमेत हुने गरेको छ । स्वस्थानी कथामा यस्तो पनि भेटिन्छ · दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरी जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ? · मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ? · अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । वीर्य बलेको र तापेको तपार्इ हामीले देखेका छौं त ? · शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका , पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको , पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँत्याएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भ...

नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशनले जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको छ । संघले आगामी ४ वर्षका लागि अध्यक्ष पदमा बिक्रम प्रसाद यादवलाई चयन गर्दै ४३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो । पुष २१ गतेका दिन नवलपरासीको दाउन्ने उच्च मावि बर्दघाटमा आरम्भ भएको उद्घाटन सत्रपछि स्थगित बन्द सत्रले सुक्रवार परासीमा सम्पन्न गरेको बन्द सत्र तथा टुङ्गो लगाएको जिल्ला कार्य समितिको महिला उपाध्यक्ष पदमा रेवती सारु तथा अर्का उपाध्यक्ष पदमा मोहनलाल कलवारलाई चयन गरेको छ । त्यस्तै सचिव पदमा प्रदीपराज घिमिरे, कोषाध्यक्ष पदमा पिंजड बहादुर चौधरी, सहसचिव पदमा विश्वराज शर्मा र महिला सहसचिव पदमा सत्यदेवीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । भौगोलिक रुपमा जिल्लामा रहेको कुल १५ वटा ईलाकाबाट एक एक जना गरी चयन भएका सदस्य पदमा वृजराज कुशवाहा, कृष्ण पुरी, ओम प्रसाद श्रेष्ठ, गोविन्द पौडेल, गोपाल वस्ताकोटी, कुश्माखर न्योपाने, तेज प्रसाद भुषाल रहेका छन् । त्यस्तै सदस्य पदमा चयन हुनेमा पशुपति गुप्ता, चेतनाथ अधिकारी, राज किशोर गुप्ता, राजेश केसी, शुक्रराज भट्टराई, जयदेव पाठक, चन्द्रकेश यादव र दामोदर ...

श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

Image
नवलपरासीको डम्बर निमावि पिपरपाती बैरियामा संचालित ४ दिने श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितमा प्रावितर्फ कोटही देवी प्रावि माधवपुर तृतिय स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती देवी प्रावि नन्दनगर द्धितिय र जनता दलित प्रावि सुस्ता प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभुत तर्फ संचालित गरिएको खेल प्रतियोगितामा जन जागृति उच्च मावि गूठी परसौनी तृतिय स्थान हासिल गरेको छ भने नेपाल राष्ट्रिय मावि नरसही द्धितिय र राष्ट्रिय उच्च मावि छिबनी प्रथम स्थान हासिल गरेको छ । खेल अलग अलग २ विधामा संचालित गरिएको थियो । आधारभुततर्फ श्रोतकेन्द्रमा भएका सबै माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएका थिए भने प्रावितर्फको खेलमा श्रोतकेन्द्र अन्तर्गतका सबै प्राथमिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । आयोजकले उत्कृष्ठ खेलाडीलाई पनि पुरष्कृत गरेको छ । प्रावि छात्रातर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार दलित प्रावि सुस्ताकी छात्रा बुधनी थारु र प्रावि छात्रतर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार नन्दनगरका खेम बहादुर कुमाललाई प्रदान गरेको छ । त्यस्तै, आधारभुततर्फका...

आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन

नवलपरासी , जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तरखरमा रहेको अवस्थामा जिल्ला विकास समिति नवलपरासी कठिन चुनौतीको बीच घेरिएको छ । नवलपरासीको कोल्हुवा गाविसका आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन । २ हजार १ सय घरधुरी रहेको गाविस कोल्हुवामा १ हजार १ सय घरधुरीमा कुनै सौंचालय नभएको बताउदै गाविस सचिव तथा अध्यक्ष बाबुराम पौडेलले सचेतनाको अभावमा स्थानीयवासीन्दामा रुची नआएको कारणले समस्त गाविस समस्यामा रहेको जानकारी गराए । नन्दभाउजु उपभोक्ता समितिको सभाहलमा निड्सले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवाललाई सम्बोधन गर्दै गाविस सचिव तथा अध्यक्ष पौडेलले बताएका थिए । जिविस नवलपरासीले लिएको लक्षित समयमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने समस्या उजागर भएपछि स्थानीयवासीले आर्थिक सहयोगको माग गरेका थिए । कार्यक्रम निड्स चितवनको सल्लाहकार सत्य नारायण चौधरीको सभापतित्व तथा पत्रकार वृजराज कुशवाहाको संचालन भएको थियो । वृजराज कुशवाहा पौष १६ ..................................

एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् ।

Image
NTC को websms सेवाजस्तै हामिले यसको प्रयोग गरी Ncell बाट Ncell का मोबाईल मा दिनको १० ओटा SMS सित्तैमा पठाउन सक्छौँ । आफ्नै मोबाईल नम्बरबाट साधारण एसएमएस जसरी जाने , उत्तीनैखेर Deliver हुने र पछि पठाउने एसएमएसलाई समेत पहिल्यै Schedule गरेर राख्न मिल्ने भएकोले नेपाल टेलिकमको तुलनामा यसलाई राम्रो मान्न सकिन्छ सूचारु गर्ने तरिका : Ncell मा यो सेवा सुरु गर्नका लागि तपाईले मोबाईल नम्बर र सिमकार्ड लिदाँ प्रयोग गरीएको नागरिकता वा पासपोर्टको नम्वर राखेर यहाँ बाट सिधै अथवा http://ncell.com.np मा गई दायाँ तर्फ रहेको “Access your account online through E-care (Web Customer Care)” सगैँ रहेको Click Here बटन मा क्लिक गरी “Activate your ecare account” अन्तर्गत Ncell Ecare को एकाउन्ट खोल्नुपर्ने हुन्छ । Ecare को एकाउन्ट खोलीसकेपछि एसएमएसमात्र नभएर तपाईले आफ्नो व्यक्तिगत विवरण परिवर्तन गर्न , PIN Number , PUK Code थाहा पाउने , Call History हेर्ने , मोबाईल रिचार्ज गर्ने आदि सम्पूर्ण सुबिधा पाउनुहुन्छ । [ धेरैजसोमा नागरिकता वा पासपोर्ट नम्वरको फर्म्याट नमिलेर एकाउन्ट बनाउँदा समस्या आए...

को हो ध्रुवे ? कहाँ थियो यसअघि ?

Image
२०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो। त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। 'ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो', तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।' उनका अनुसार प...