Posts

आरोपितले नै पाए छानबिनको अधिकार

वृजराज कुशवाहा/उज्यालो । नवलपरासी, बैशाख ४ - भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी सबै कागजपत्र कब्जामा लिएर काम अगाडि बढाउन रोक लगाएको सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीका एक जना सदस्य नै छानबिन गर्ने कामका लागि संयोजक तोकिएका छन् । नवलपरासी जिल्लाको निमित्त खटिएको सुकुम्वासी  ...... For Detail clicks. http://www.ujyaaloonline.com/index.php?pageName=news_details&catId=17&id=19605

नवलपरासीका लागि कस्तो रह्यो २०६९ साल ?

शान्ति सुरक्षामा औवल, विकासमा स्थिर र शिक्षामा सफल वर्ष रह्यो २०६९ सालः नवलपरासी http://www.nepaljapan.com/ 2013/04/16/42170/

सर्वसाधारण कुट्ने प्रहरीले माफी मागे

नवलपरासी नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका स्थानीयवासीलाई कुटेर ३ जना घाईते बनाएको प्रहरीले गल्ती स्विकार गर्दै माफी मागेका छन् । नारायणी नदीबाट गिट्टी बालुवा लोड गरी फर्कदै गरेको अवस्थामा नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले नदीमै कुटेका थिए । प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले केटेपछि  नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द घाईते भएका थिए । घाईतेको पक्षमा हिजो अबेर प्रहरी चौकीमै घेरा हालेका स्थानीयवासीन्दासंग आफुसंग गल्ती भएको भन्दै प्रहरी सहायक निरीक्षिक बस्नेतले माफी मागेका हुन् । माफी मागेपछि घाईतेको उपचारका लागि रु. ५ सय रकम पनि दिलाईएको हो । चौकीमै घेरेका स्थानीयवासीन्दाले प्रहरी सहायक निरीक्षिक बस्नेतलाई लछारपछार पार्दै गालीगलौज समेत गरेको स्थानीय मनोज गुप्ताले बताए । अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको पीडितको भनाईको आधारमा प्रहरीले किन कसैलाई निकाल्न दिने र किन कसैलाई निकाल्न नदिने, प्रहरीले रकम लिएकै आधारमा विभेद गरेकोले घटना घ...

म किन लागें राजनीतिमा ? गगन थापा

Image
काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्‍याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उ...

पुलिसको कुटाईबाट तीनजना घाइते :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पुलिसको कुटाईबाट तीनजना घाइते :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

वर्ष २०७० संविधान प्राप्तिको वर्ष बनोस्

वितेको वर्ष २०६९ निराशा, विकृति, बेथिती, विसंगति, अराजकता, अस्थिरताको अन्त्यसंगै नया वर्षको शुरूवात भएको छ ....... http://www.nepaljapan.com/2013/04/14/41813/  

नेपाल-चीन सम्बन्ध : गौचरनदेखि पारवहनसम्म

Image
-बुद्धिनारायण श्रेष्ठ नेपाल र चीनबीच विसं. २०१८-१९ सालमा सौहार्दपूर्ण तरिकाले सीमांकन गरिएको थियो । सीमांकन गर्ने सिलसिलामा पानीढलो सिद्धान्त तथा टुक्राटुक्री जमीन लेनदेन गर्ने सिद्धान्त र केही नदीनाला सीमा नदी मान्ने सिद्धान्त अपनाइएको थियो । यी सिद्धान्त अवलम्बन गर्दा नेपालको केही टुक्रा भू-भाग चीनको स्वशासित क्षेत्र तिब्बततर्फ र चीनको केही भाग नेपालतर्फ पर्न आएको थियो । यसअनुसार नेपालका विभिन्न जिल्लाको सानातिना गरी १ हजार ८ सय ३६ वर्ग किलोमिटर भू-खण्ड चीनतर्फ पर्न गएको थियो भने चीनको २ हजार १ सय ३९ वर्ग किलोमिटर भू-भाग नेपालतर्फ पर्न आएको थियो । यसरी ३ सय ३ वर्ग किलोमिटर जमीन नेपालतर्फ बढी परी नेपाललाई फाइदा भएको थियो । नेपालबाट चीनतर्फ परेकोमध्ये खर्क, चरनक्षेत्र र अन्य जमीन थिए । तर, नेपालतर्फ आएकोमध्ये अधिकांश हिउँले ढाकेको र चट्टानी एवम् बञ्जर जमीन थियो । यी कुरा जे भए तापनि अन्ततः सीमांकनको सम्पूर्ण कार्य पूरा गरी दुई देशबीच २०१९ माघ ७ गते सीमासम्बन्धी बडापत्रमा हस्ताक्षर भएको थियो । सीमानाको हिमाल नेपाल विश्वमा हिमालको देश भनेर चिनिन्छ । नेपालमा साना-ठूला, अग्ल...