Posts

वर्षदिनको लामो पर्खाईपछि बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्ने दिन आज . विजयादशमी 070 सबैका लागि शुभ बनोस्, देशका लागि पनि .......
नवलपरासी जिल्लाका ६ निर्वाचन क्षेत्र वाट उम्मेदवारी दिएका ३७ जना स्वतन्त्र उम्मेदवारलाई  आज चुनाव चिन्ह प्रदान गरिएकोछ । निर्वाचन आयोगले तोकेको ४२ वटा चिन्ह मध्ये रोज्न लगाएर उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । स्वतन्त्र उम्मदवार वाट चुनाव चिन्ह लिने तिन जना नेपाली काग्रेसका वागी उम्मेदवारले भने एउटै चुनाव चिन्ह रोजेका छन् । जस अन्र्तगत क्षेत्रनं ४ वाट काग्रेस वागी उम्मदेवार गुणनिधि तिवारी, क्षेत्रनं ५ का राद्येश्याम पाठक र क्षेत्रनं ६ का बागी उम्मेदवार दिनानाथ कोईरालाले काईयो चुनाव चिन्ह रोज्नु भएकोछ । यसैबिच स्वतन्त्र वाट सवैभन्दा बढि क्षेत्रनं  ५ वाट १४ जनाले उम्मेदवारी दिएकाछन् भने सवैभन्द कम क्षेत्रनं १  वाट एक जना को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । चुनाव चिन्ह लिनेमा क्षेत्रनं २ वाट तिन जना रहेकाछन् । जसमा चिरञ्जीवि जि.सी.को इनार, डासिराम वस्यालको अर्नाभैसी र राजकुमार श्रेष्ठको प्रेस रहेकोछ । त्यस्तै क्षेत्रनं ३ वाट ३ जनाले स्वतन्त्रको चुनाव चिन्ह पाएकाछन् जसमा गणेश प्रसाद अधिकारीको स्कुटर, प्रज्ञा मल्लको इनार र  चित्र घर्ति ...

संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०

स्वीकृत मिति २०७०।३।२६ संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७० प्रस्तावनाः स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरोकारवालाहरुसँग परामर्श गरी देहायको आचार संहिता बनाएको छ । परिच्छेद —१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०” रहेको छ । (२) यो आचार संहिता सम्वत् २०७० साल श्रावण ७ गते देखि प्रारम्भ हुने छ । २. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस आचार संहितामा,– (क) “निर्वाचन” भन्नाले सम्वत् २०७० साल मंङ्सिर ४ गते सम्पन्न हुने संविधान सभा सदस्यको निर्वाचन सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले निर्वाचन आयोग सम्झनुपर्छ । ३. आचार संहिता लागू हुने निकाय, अधिकारी, संस्था, र व्यक्तिः यो आचार संहिता देहायका निकाय, अधिकारी, संस्था र व्यक्तिलाई लागू हुनेछः– (क) राजनीतिक दल र उम्मेदवार, (ख) राजनीत...

सेवाग्राहीको हक बहालीका लागि नवलपरासीमा सूचना अभियान

Image
             नवलपरासीका सार्वजनिक निकायहरुले सामाजिक जवाफदेहीताका लागि पालन गर्नुपर्ने सूचना प्रवाह सम्बन्धी व्यवस्था कार्यान्यवन नगरेको पाईएको छ । सेवाग्राहीलाई सुसूचित हुनका लागि निकायहरुमा अनिवार्य रुपमा राख्नुपर्ने नागरिक वडापत्र, उजुरी पेटिका र सूचना पाटी धेरै कार्यालयहरुमा राखिएको छैन । केहिमा राखिएका नागरिक वडापत्र मेटिएर बुझ्न नसकिने अवस्थामा छ । गुनासो पेटिकाहरुमा चराले गुडँ बनाएको र सुचना पाटी नभएकाले सूचनाहरु भित्तामा टाँसिने गरेको सामाजिक जवाफदेहीता नवलपरासीका अभियानकर्ता चुडामणि पौडेलले बताए । सार्वजनिक निकायहरुले नियमित रुपमा गर्नुपर्ने सूचनाको अद्यावधिक र प्रकाशन अझैपनि नभैरहेको अवस्था छ । यसमा निकायहरुले सम्पादन गरेको विभिन्न १३ प्रकारका सूचनाहरु प्रत्येक ३ महिनामा आफै सार्वजनिक गर्नुपर्ने हुन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सार्वजनिक निकायहरुलाई नागरिक वडापत्र, गुनासो पेटिका र सूचना पाटी राख्न पनि कानुनी रुपमा अनिवार्य व्यवस्था गरेको छ । जिल्लाका सार्वजनिक निकायहरुमा सम्पादन गरिने काम, सेवाग्राहीले पाउने सेवाको किसिम, लाग्ने स...

RTI ACT, Aplication & Process

सूचना हक सम्बन्धि एैन            http://nic.gov.np/uploads/pdf/RTI-Act-2007-nep.pdf सूचना हक सम्बन्धि नियमावली                              http://nic.gov.np/uploads/pdf/RTI-Regulation-2009-nep.pdf अनलाइन निवेदन                   पुनरावेदन                                http://nic.gov.np/nic/online_form/appeal सूचना अधिकारीलाइ निवेदन    http://nic.gov.np/uploads/pdf/Application_to_Information_Officer.pdf उजुरी                                       http://nic.gov.np/online_form/complain साधारण निवेदन                      http://nic.gov.np/online_form/general थाहा पाउने अधिकार     ...

यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता

Image
चुनाबमा जसले पोष्टर टाँस्छ, उसैले हटाउनुपर्ने यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता 3 २७ असार, काठमाडौं । अब हुने संविधानसभा चुनावमा अनर्गल भाषणबाजी र आपसी अविश्वास बढ्न नदिन निर्वाचन आयोगले नयाँ आचारसंहिता ल्याएको छ । आयोगले साउनको पहिलो हप्तादेखि लागू गर्ने आचारसंहितामा भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । चुनावी प्रचारमा ख्याल गर्नुपर्ने विषयहरु यस्ता छन् : · नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु हुदैन । · कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउन हुँदैन । · कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ ।...

हैवी मेशिनको प्रयोगमाथि प्रतिबन्ध

http://www.nepaljapan.com/2013/07/09/57518/