Posts

भारतीय बालक नेपालमा फेला

Image
भारत उत्तर प्रदेशकाे गाेरखपुर शहर स्थित सेमरा घर बताउने अन्दाजी वर्षे १० बालक किशन विश्वकर्मा पश्चिम नवलपरासीकाे गुठी परसाैनीमा अाज साेमवार फेला परेका छन् । बालक घरबाट अाजै भागेकाे बताएका छन् । जीप चढेर निचलाैल झुलनीपुरकाे बाटाे हुंदै गुठी परसाैनी गाउं पुगेकाे र पिपल बाेट तल बसीरहेकाे अवस्थामा भेटेपछि अनलाइन जनता डटकमलाइ जानकारी गराएका हुन् । स्थानीय प्राथिमक विद्यालय सेमरामा कक्षा ४ मा पढने बताएका छन् । उनका अनुसार उनलाइ पढाउने मैडमकाे नाम स्वेता हाे । उनका एक प्रिय साथीकाे नाम अभिमन्यु र अर्का दिलिप लाेहार हुन् । उनकाे बुवाकाे नाम दुबर्बल लाेहार तथा अामाकाे नाम अञ्जनी बताएका छन् । मामा ब्रह्मा एक फर्निचर पसलमा काम गर्छन् । उनी अाफु ३ भाइ र २ बहिनी रहेकाे बताएका छन् । बालक नेपाल प्रहरीलाइ जिम्मा लगाइएकाे छ । नेपाल प्रहरीलाइ वा म वृजराज कुशवाहालाइ फाेन 009779857024072 मा सम्पर्क गृनसक्नुहुन्छ । मानव सेवा नै धर्म हाे । धन्यवाद

राजीनामा दिनुकाे प्रष्टिकरण

Image
मेराे विचारः जन जागृति माध्यमिक विद्यालय गुठी परसाैनी नवलपरासीकाे प्रधानाध्यापक (बाबुराम सुबेदी) समक्ष मैले २०७५ साउन १८  गतेका दिन प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएं । याे जिम्मेवारी मलाइ विद्यालय प्रशासनले २०७४ असाढ महिनामा दिएको थियाे । एक वर्षभन्दा बढि समय भयो तर जति प्रयास गरेपनि यस व्यक्तिसंग सहकार्य गर्न सकिएन । जतिबेला जुन विषयमा पनि कुरा परामर्श गर्न खाेज्याे अाश्वासन मात्र दिने तर काम चांही नगर्ने रहेछ । तर विद्यालय चलाउने काम अाश्वासनले हुदैन । पछिपछि यस व्यक्तिले मेराे भेटघाट, छलफल तथा विचार विमर्शकाे कामलाइ पनि समस्या मान्न थाल्याे । नितान्त संस्थागत विषयलाइ लिएर बैठक बसाैं र छलफल गरि समाधान गराैं यसले विद्यालयलाइ फाइदा हुन्छ कि भन्दा पनि तयार नभएपछि निकास खाेज्न बाध्य भएं । यसले मलाइ कामकाे जिम्मा त दियाे तर समस्या पर्याे भने सहयाेग नगर्ने रहेछ भन्ने प्रष्ट भयाे र मैले निर्णय लिएं कि अब याे व्यक्तिसित भनाभन गरिरहनु तथा संस्थाकाे विकासलाइ बन्धक बनाइरहनु भन्दा म अाफुले संस्थालाइ सहयाेग गर्नुपर्छ र बाटाे खुल्ला गरिदिएं । कि शायद यिनी अरू कसैलाइ त्याे पदमा ल्याउन ...

बाढिग्रस्त क्षेत्रमा सचेत रहनु नै महत्वपुर्ण उपाय हाे, केही टिप्सहरु उपयाेगी बन्न सक्छन्

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस् । सरकारी तथा आपातकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च साथमा राखिराख्नोस । रात परेपछि काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस । ६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस । ७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस । ८. बलिया र युवा साथिहरु पानी रोकिएपछि आवस्यक पर्ने उद्दारको लागि तयार रहनूस! ९. सर्पकाे जाेखिम हुने भएकाले सावधान रहनुस् । १०. यस्ता अवस्थामा अावश्यक पर्नेसहायता केन्द्रहरुकाे सम्पर्क नम्बरहरु जानी राख्नु वेश हुनेछ । ११. सञ्चारकर्मीहरुसंगकाे नियमित सम्पर्कले तपाईलाई जानकार रहन मद्दत पुग्नेछ । यसमा साथै तपाईमाे अाफ्नै तवरकाे सजगता पनि तपाईकाे सुरक्षा कवच सावित हुनसक्छ । 

हिन्दु मुस्लिमकाे अास्थाकाे केन्द्र मदारबाबाकाे महिमा यस्ताे छ, फाेटाेफिचर सहित | Online Janata

हिन्दु मुस्लिमकाे अास्थाकाे केन्द्र मदारबाबाकाे महिमा यस्ताे छ, फाेटाेफिचर सहित | Online Janata

Saawan Ka Mahina Aaya Hai [Full Song] Aayee Milan Ki Raat

Image

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी मतदान गर्न प्रमुख अायुक्तकाे अपिल’ (पूर्णपाठसहित) | Online Janata

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी मतदान गर्न प्रमुख अायुक्तकाे अपिल’ (पूर्णपाठसहित) | Online Janata

संविधान संशोधन नभई राजपा नेतृत्व चुनावमा जाने पक्षमा देखिदैछ; नेता हृदयेश त्रिपाठी

Image
५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए । राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् । पछिल्लो पटक ५ नम्बर प्रदेशका राजपा नेताहरुले भैरहवामा गरेको बेग्लै भेलापछि हृदयेश त्रिपाठीहरुले राजपाबाट विद्रोह गर्न लागेको चर्चा चलेको छ । तर, पार्टीका नाममा पसल खोलेर मधेसको मसिहा बन्ने पक्षमा आफू नरहेको त्रिपाठीले प्रष्ट पारे । प्रस्तुत छ त्रिपाठीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेल ले गरेको कुराकानीः हामीले अहिले यो अन्तर्वार्ता गरिरहँदा पनि तपाईको पार्टीको अध्यक्ष मण्डल बालुवाटारमा छ । मन्त्रिपरिषद विस्तार अघि राजपासँग वार्ता गर्नुपर्ने अवस्थामा सत्तापक्ष पुग्नुको अर्थ तपाईहरुसँग साँचो त रहेछ नि होइन ? हामीसँग कुनै साँचो छैन । यथार्थमा के भने राजपा एकीकरणपछि यसलाई देखाएर धेरैको राजनीति चलेको छ । दोस...