Posts

श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

Image
नवलपरासीको डम्बर निमावि पिपरपाती बैरियामा संचालित ४ दिने श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितमा प्रावितर्फ कोटही देवी प्रावि माधवपुर तृतिय स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती देवी प्रावि नन्दनगर द्धितिय र जनता दलित प्रावि सुस्ता प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभुत तर्फ संचालित गरिएको खेल प्रतियोगितामा जन जागृति उच्च मावि गूठी परसौनी तृतिय स्थान हासिल गरेको छ भने नेपाल राष्ट्रिय मावि नरसही द्धितिय र राष्ट्रिय उच्च मावि छिबनी प्रथम स्थान हासिल गरेको छ । खेल अलग अलग २ विधामा संचालित गरिएको थियो । आधारभुततर्फ श्रोतकेन्द्रमा भएका सबै माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएका थिए भने प्रावितर्फको खेलमा श्रोतकेन्द्र अन्तर्गतका सबै प्राथमिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । आयोजकले उत्कृष्ठ खेलाडीलाई पनि पुरष्कृत गरेको छ । प्रावि छात्रातर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार दलित प्रावि सुस्ताकी छात्रा बुधनी थारु र प्रावि छात्रतर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार नन्दनगरका खेम बहादुर कुमाललाई प्रदान गरेको छ । त्यस्तै, आधारभुततर्फका...

आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन

नवलपरासी , जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तरखरमा रहेको अवस्थामा जिल्ला विकास समिति नवलपरासी कठिन चुनौतीको बीच घेरिएको छ । नवलपरासीको कोल्हुवा गाविसका आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन । २ हजार १ सय घरधुरी रहेको गाविस कोल्हुवामा १ हजार १ सय घरधुरीमा कुनै सौंचालय नभएको बताउदै गाविस सचिव तथा अध्यक्ष बाबुराम पौडेलले सचेतनाको अभावमा स्थानीयवासीन्दामा रुची नआएको कारणले समस्त गाविस समस्यामा रहेको जानकारी गराए । नन्दभाउजु उपभोक्ता समितिको सभाहलमा निड्सले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवाललाई सम्बोधन गर्दै गाविस सचिव तथा अध्यक्ष पौडेलले बताएका थिए । जिविस नवलपरासीले लिएको लक्षित समयमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने समस्या उजागर भएपछि स्थानीयवासीले आर्थिक सहयोगको माग गरेका थिए । कार्यक्रम निड्स चितवनको सल्लाहकार सत्य नारायण चौधरीको सभापतित्व तथा पत्रकार वृजराज कुशवाहाको संचालन भएको थियो । वृजराज कुशवाहा पौष १६ ..................................

एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् ।

Image
NTC को websms सेवाजस्तै हामिले यसको प्रयोग गरी Ncell बाट Ncell का मोबाईल मा दिनको १० ओटा SMS सित्तैमा पठाउन सक्छौँ । आफ्नै मोबाईल नम्बरबाट साधारण एसएमएस जसरी जाने , उत्तीनैखेर Deliver हुने र पछि पठाउने एसएमएसलाई समेत पहिल्यै Schedule गरेर राख्न मिल्ने भएकोले नेपाल टेलिकमको तुलनामा यसलाई राम्रो मान्न सकिन्छ सूचारु गर्ने तरिका : Ncell मा यो सेवा सुरु गर्नका लागि तपाईले मोबाईल नम्बर र सिमकार्ड लिदाँ प्रयोग गरीएको नागरिकता वा पासपोर्टको नम्वर राखेर यहाँ बाट सिधै अथवा http://ncell.com.np मा गई दायाँ तर्फ रहेको “Access your account online through E-care (Web Customer Care)” सगैँ रहेको Click Here बटन मा क्लिक गरी “Activate your ecare account” अन्तर्गत Ncell Ecare को एकाउन्ट खोल्नुपर्ने हुन्छ । Ecare को एकाउन्ट खोलीसकेपछि एसएमएसमात्र नभएर तपाईले आफ्नो व्यक्तिगत विवरण परिवर्तन गर्न , PIN Number , PUK Code थाहा पाउने , Call History हेर्ने , मोबाईल रिचार्ज गर्ने आदि सम्पूर्ण सुबिधा पाउनुहुन्छ । [ धेरैजसोमा नागरिकता वा पासपोर्ट नम्वरको फर्म्याट नमिलेर एकाउन्ट बनाउँदा समस्या आए...

को हो ध्रुवे ? कहाँ थियो यसअघि ?

Image
२०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो। त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। 'ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो', तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।' उनका अनुसार प...

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

नवलपरासी, अनावश्यक जलजमाव, अत्यधिक बाढी, जताततै नदी कटान र डुबानका पीडितहरु क्षतिपुर्ति नपाएर आजित भई आन्दोलित हुदा भारतको पानी ३४ दिनसम्म रोकिएपछि भएको सहमति अनुसार बितेको ४ वर्षमा ५ अरबको काम थालेको बताएपनि भारतले २१ बुदे सहमतिमध्ये मात्र ३ वटा काम गरेको छ । सहमतिका १८ वटा महत्वपुर्ण कामको थालनी नै नगरेकाले सहमति भएको ४ वर्षसम्म पनि क्षति हुने क्रम रोकिएको छैन । गएको वर्षायाममा मात्रै सयौं विगहा जमिनमा लगाईएका धान र उखुबाली डुबान र कटानका कारण  नष्ट भएको छ भने ५० विगहाभन्दा बढी उब्जाउ जग्गा नदीमा विलिन भएको संघर्ष समितिका उपाध्यक्ष पवित्रा न्योपानेको भनाइ छ । नारायणी नदीको स्पर नं. १२ नरसहीमा कटान तिब्र हुदा नरसही पकलिहवा र गुठी परसौनीका स्थानीयवासीन्दा हप्तौं दिनसम्म जाग्राम बसेर रात बिताए । प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आश्वासन कोरा कागतमा सिमित हुन गएकाले गण्डक क्षेत्रमाथि मडारिएको बादल अहिले पनि नटरेको समितिका प्रवक्ता गौरीशंकर कुशवाहाको बुझाई छ । नारायणी नदी जुनसुकै बेला गण्डक क्षेत्रको १३ गाविस बगाउने खतरा विद्यमान रहेकाले सुरक्षाका लागि परासीमा बसाई सर्न थालेका सु...

पासवर्ड भुल्नुहुन्छ कि ?

आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ । यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्भि m ने खालको होस् । लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ । पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ : सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेव...

के तपाइलाइ थाहा छ ? कहां छ रामग्रामः

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको १६ जिल्लामध्ये एक हो , नवलपरासी जिल्ला । यस जिल्लाको सदरमुकाम परासी बाजारमा छ । यहाबाट दक्षिणतर्फ चार किलोमिटरको दुरीमा झरही खोलाको तटमा पश्चिमतर्फ अवस्थित छ , रामग्राम स्तुप । सदरमुकाम परासीको नगरीय नाम पनि यसैको धार्मिक नामबाट राखिएको छ । रामग्राम नगरपालिकामा रहेको परासी बाजारबाट दक्षिणतर्फ एक पीच सडक गएको छ , जुन भारतीय सीमासम्म जाने गर्छ । परासीबाट दक्षिणतर्फ यस सडकमा चार किलोमिटर हिडेपछि उजैनी भन्ने गाउमा सडकमै भर्खरै बनेको बुद्ध प्रतिमा (स्तुप) छ । यहाबाट पुर्वतर्फ मोडिनुपर्छ । एक किलोमिटर भित्रै रामग्राम स्तुप रहेको छ । काठमाण्डौंबाट २३९ किलोमिटरको दुरीमा रहेको यस स्थानमा पुग्न निजी वा सार्वजनिक जुनसुकै सवारीसाधनबाट आफुले चाहेको जुनसुकै बेला पुग्न सकिन्छ । महेन्द्र राजमार्गले एउटै जिल्लामा ९९ किलोमीटर लामो दुरी तय गरेको जिल्ला एकमात्र नवलपरासी हो । जिल्लाको पुर्वी सीमाना मध्य नेपालको व्यस्त बाजार नारायणगढ नजिकै रहेको नारायणी नदीको पुलबाट पश्चिमतर्फ शुरु हुन्छ । रामग्राम स्तुप नारायणगढबाट झण्डै १०४ किलोमिटरको दुरीमा पश्चिमतर्फ अवस्थित छ ।...