Posts

पुलिसको कुटाईबाट तीनजना घाइते :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पुलिसको कुटाईबाट तीनजना घाइते :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

वर्ष २०७० संविधान प्राप्तिको वर्ष बनोस्

वितेको वर्ष २०६९ निराशा, विकृति, बेथिती, विसंगति, अराजकता, अस्थिरताको अन्त्यसंगै नया वर्षको शुरूवात भएको छ ....... http://www.nepaljapan.com/2013/04/14/41813/  

नेपाल-चीन सम्बन्ध : गौचरनदेखि पारवहनसम्म

Image
-बुद्धिनारायण श्रेष्ठ नेपाल र चीनबीच विसं. २०१८-१९ सालमा सौहार्दपूर्ण तरिकाले सीमांकन गरिएको थियो । सीमांकन गर्ने सिलसिलामा पानीढलो सिद्धान्त तथा टुक्राटुक्री जमीन लेनदेन गर्ने सिद्धान्त र केही नदीनाला सीमा नदी मान्ने सिद्धान्त अपनाइएको थियो । यी सिद्धान्त अवलम्बन गर्दा नेपालको केही टुक्रा भू-भाग चीनको स्वशासित क्षेत्र तिब्बततर्फ र चीनको केही भाग नेपालतर्फ पर्न आएको थियो । यसअनुसार नेपालका विभिन्न जिल्लाको सानातिना गरी १ हजार ८ सय ३६ वर्ग किलोमिटर भू-खण्ड चीनतर्फ पर्न गएको थियो भने चीनको २ हजार १ सय ३९ वर्ग किलोमिटर भू-भाग नेपालतर्फ पर्न आएको थियो । यसरी ३ सय ३ वर्ग किलोमिटर जमीन नेपालतर्फ बढी परी नेपाललाई फाइदा भएको थियो । नेपालबाट चीनतर्फ परेकोमध्ये खर्क, चरनक्षेत्र र अन्य जमीन थिए । तर, नेपालतर्फ आएकोमध्ये अधिकांश हिउँले ढाकेको र चट्टानी एवम् बञ्जर जमीन थियो । यी कुरा जे भए तापनि अन्ततः सीमांकनको सम्पूर्ण कार्य पूरा गरी दुई देशबीच २०१९ माघ ७ गते सीमासम्बन्धी बडापत्रमा हस्ताक्षर भएको थियो । सीमानाको हिमाल नेपाल विश्वमा हिमालको देश भनेर चिनिन्छ । नेपालमा साना-ठूला, अग्ल...

HAPPY NEW YEAR - 2070

बाघ चुरोट पिउँदैथियो , एउटा मुसो आयो अनि भन्यो ' बाघ दाइ छोड यो नशा ,   हिँड मसङ्ग ,   हेर जङ्गल कति राम्रो छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो ,   ऊ ड्रग्स लिंदैथियो ,   मुसाले उस्लाई पनि त्यै डाइलग दियो ,   हात्ती पनि सँगै हिँड्यो । अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो ,   मुसाले त्यसलाई पनि त्यै डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो । हात्तिले सिंहलाई सोध्यो '   किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ? सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको ....... हा हा हा..... WISH YOU A VERY HAPPY NEW YEAR - 2070     light of year- 2070 may bring you & your family most    Brightness, Happiness, love and luck for ever.

नवलपरासीमा आगलागी, ५ लाखको क्षति

Image
वृजराज कुशवाहा, नवलपरासी गाउमा रहेको एक विद्युत ट्रान्फर्मरबाट सल्केको आगोले नवलपरासी जिल्लाको सोमनी गाउमा ५० घर जलेको छ भने ५ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दिउसो करीब सवा चार बजेको समयमा सल्केको आगोले सोमनी गाविस वडा नं. ६  का ५ परिवारको ५० वटा घरटहरा जलेको छ । विजुलीको पोलमा राखिएको विद्युत ट्रान्सफर्मरको प्यानल बोर्डमा जडान ग।िएको फ्यूज बक्समा सर्ट सर्किट भएकोले उछिट्टिएको आगो नजिकैको फुसको घरमा सल्केको गाउलले बताए । आगलागीले स्थानीय हरिहर हरिजन, विनेसरी हरिजन, तुलसी हरिजन, रामदवन हरिजन र झगरु गुप्ताको घर र घरमा भएको कपडा लत्ता तथा नगद समेत जलेको बताएका छन् । पीडितले घटनास्थलमा दिएको जानकारी अनुसार हरिहर हरिजनको २ घरगोठ र त्यसमा रहेको पंपींगसेट चारार मेशीन, साईकल र लत्ताकपडा गरि करीब १ लाखको क्षति भएको छ । जसले उनको परिवारका ६ जना सदस्य छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै विनेशरी हरिजनको ४ वटा घरगोठ तथा त्यसमा रहेको साईकल, ५० हजार नगदी, लत्ताकपडा गरि १ लाखको क्षति भएकोले उनका घरपरिवारका १० जना सदस्य विचललीमा परेका छन् । त्यस्तै, आगलागीले तुलसी हरिजनको ...

महासमिति बैठकको विस्तार

http://www.nepaljapan.com/2013/04/12/41407/

पवित्र धार्मिक स्थल त्रिवेणीमा बसेको महासमिति बैठकबाट कांग्रेसले के ल्यायो ? के पायो ? राजनीतिक टिप्पणी

Image
२९ चैत, काठमाडौं । नेपाली कांग्रेस नवलपरासीको त्रिवेणीघाटबाट पुनः राष्ट्रिय राजनीतिको खेलमैदान काठमाडौं फर्किएको छ । राज्य पुनसंरचनाको खाका कोर्न नसकेको कांग्रेसले फेरि पनि यो गलगाँड साथैमा बोकेर ल्याएको छ । महासमितिको बैठक सकिएपछि अबका केही दिन कांग्रेसको यो बैठक सफल भयो या असफल भन्नेबारे नेपाली राजनीतिमा अवश्यै समीक्षा हुनेछ । व्यवस्थापकीय हिसावले भेलामा खान र राम्रोगरी सुत्न नपाएका कार्यकर्ताहरुले निकै ठूलो गुनासो गरेको सुनियो । कतिपयले त सुशील कोइरालालाई असफल गराउन नवलपरासीमा बैठक राखिएको आरोप पनि लगाएका छन् । हुन पनि किनेर खान खोज्दासमेत निकै टाढा जानुपर्ने ठाउँमा बन्दशत्र राखिनु त्यति व्यवहारिक देखिएन । तराईमा गर्मी बढिसकेको छ र मच्छडले समेत चर्कै दुःख दिन थालेको छ भन्ने कुराको कांग्रेस नेताहरुले ख्याल गरेका भए यो बैठक या त एकमहिना अघि नै गर्ने थिए, या रसुवातिरको चिसो ठाउँमा आयोजना गर्ने थिए । राजनीतिमा खाने र सुत्ने विषय भन्दा विचार र नीति ठूलो कुरा मानिए पनि महाधिवेशनको तीनवर्षपछि आयोजना गरिएको बैठक नीति निर्माताहरुका लागि सहज र सुविधाजनक हुनै पर्ने थियो । त्यसैले एमाओवा...