Posts

मतपरिणामले के संकेत गर्दैछ ?

नवलपरासीमा पनि मतगणना जारी नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटै स्थानिय तहमा मतगणना कार्य जारी  छ  ।  जिल्लाको गैडकोट , देवचुली  , कावासोती र मध्यबिन्दु नगरपालिकामा र  गाउÒपालिका तर्फ  बिजयी त्रिबेणी ,   हुप्सेकोट   बुङ्दीकाली   र बुलिङ्गटार गाउपालिकामा मतगणना जारी छ  । अहिलेसम्म  मतगणना भएको   स्थानमा नेपाली काग्रेस  र नेकपा एमाले बिच प्रतिष्पर्धा देखिन्छ  ।   काहा कस्को अग्रता मत सहित  जम्मा खसेको मत नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टीको नाम प्राप्त गरेको मत  गैडाकोट नगरपालिका छत्रराज पौडेल नेकपा एमाले ( अग्रता ) १२३९  गजेन्द्र  बहादुुर आले नेपाली कांग्रेस   ११०३  दुर्गा ढु¨गाना  माओवादी केन्द्र  ३६ ३०३४५ कावासोती नगरपालिका महेन्द्र पोखरेल नेपाली काग्रेस (अग्रता )  १०७६  चन्द्रा पुन नेकपा एमाले ९९३  डासीराम बस्याल माओवादी केन्द्र  १३६  देवचुली नगरपालिका हरि न्यौपाने  नेकपा एमाले ( अग्रता ) २२७४  पुर्ण कुमार ...

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ । यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

ट्रेड युनियन द्धारा जिल्ला जनस्वाथ्य कार्यालयमा काम ठप्प

Image
फागुन ८, नवलपरासी     स्वास्थ्य क्षेत्रका सिनियर अहेव तथा छैठौं स्तरका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आइतवार आज विहानदेखि कामकाज ठप्प पारी जिल्लाका स्वास्थ्यकर्मीहरुको टे«ड युनियनले नवलपरासीको जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएको छ ।     कर्मचारीहरुको उचित व्यवस्थापन गर्नका लागि स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुलाई पद व्यवस्थापन गर्नुपर्नेमा नेपाल सरकारले व्यवस्थापन नगरेको हुनाले आन्दोलित हुनु परेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष पारेश्वर भुर्तेलले जानकारी गराए ।        उनले विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ लाई २०७० साल चैत्र १२ गते परीमार्जन गरी स्वास्थ्य ऐन अनुसार दफा ९ ख मा पदस्थापन तथा सरुवा बढुवालाई व्यवस्थित गर्नुपर्ने थियो तर परीमार्जन हुनु भन्दा अघि तथा स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन गरिएन ।       नवलपरासी जिल्लामा आन्दोलनमा रहेका ५८ जना स्वास्थ्यकर्मीहरुले पद अनुसार का...

मुस्कुराउँदै अदालतमा सिके राउत

Image
मिथिलेश यादव लहान – ‘ मधेसलाई छुट्टै राष्ट्र बनाउने ’ अभियान चलाउँदै आएका चन्द्रकान्त राउत ( सिके ) लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ। म्याद थप भएपछि राउतमाथि इलाका प्रहरी कार्यालय लहानमा दर्ता रहेको ‘ राज्यविरुद्धको संगठित अपराध ’ मुद्दामा कारबाही अघि बढ्नेछ। म्याद थपका लागि राउतलाई सिरहा लान एउटा ट्रक र चारवटा सुरक्षा भ्यान प्रयोग गरिएको छ। समर्थकबाट अवरोध हुन सक्ने आँकलन गर्दै प्रहरीले सुरक्षा घेरा बनाएको एक सुरक्षा अधिकारीले बताए। राउतलाई राखिएको चिपमा लहान प्रहरी प्रमुख ( डिएसपी ) राजकुमार केसी सवार थिए। अदालत जाने क्रममा राउत मुस्कुराउँदै प्रहरीको भ्यानमा चढेका थिए। इलाका प्रहरी कार्यालय लहानका प्रमुख ( डिएसपी ) राजकुमार केसीका अनुसार म्याद थपपछि राउतलाई पुनः इलाका प्रहरी कार्यालय लहानमै ल्याएर प्रमाण पुष्टिकालागि अनुसन्धान अगाडी बढ्छ। राउतविरुद्ध राज्य विप्लव होइन , राज्यविरुद्ध संगठित अपराध मुद्दा यस कार्यालयमा दर्ता छ , केसीले...

मधेशी माेर्चाले माघ २३ गते मधेशमा विरोध प्रर्दशन गर्ने

Image
संविधान संशेधनका लागि पेश गरिएको संशोधन प्रस्ताव अलमलमा परेके देखेपछि मोर्चा सकृय बनेको छ । सुक्रवार देखि तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले यो सहित समसामयीक राजनिती अवस्था वारेमा समेत समिक्षा गरेको छ । सविधान संशोधन परिमार्जन सहित पास गराउनका लागी र स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदनको विरोध स्वरुप आउदो २३ गते प्रर्दशन गर्ने निर्णय गरेको छ । माघ २३ गते मधेशका सवै सदरमुकामहरुमा दिउसो प्रर्दशन गर्ने र वेलुकी कोणसभा गरी स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन जलाएर विरोध गर्ने   भएको छ । यस बैठकमा सरकारलाई माघसम्मको अल्टीमेटन दिएर आन्दोलनमा जाने कुरा भए पनि मोर्चाले त्यसतो निर्णय औपचारिक रुपमै अहिले गरेको छैन । मोर्चा सम्बद्ध रामसपाका महासचिव केशव झाका अनुसार २३ गतेको प्रर्दशन पश्चात मोर्चाले त्यस वारेमा औपचारिक धारणा बनाउने आन्तरिक समझदारी बनेको छ । वर्तमान सतारुढ गठवन्धनले सरकार बनाएको बेलामा गरेको ३ बुदे सहमती कार्यन्व्यन नभएको भन...