Posts

पवित्र धार्मिक स्थल त्रिवेणीमा बसेको महासमिति बैठकबाट कांग्रेसले के ल्यायो ? के पायो ? राजनीतिक टिप्पणी

Image
२९ चैत, काठमाडौं । नेपाली कांग्रेस नवलपरासीको त्रिवेणीघाटबाट पुनः राष्ट्रिय राजनीतिको खेलमैदान काठमाडौं फर्किएको छ । राज्य पुनसंरचनाको खाका कोर्न नसकेको कांग्रेसले फेरि पनि यो गलगाँड साथैमा बोकेर ल्याएको छ । महासमितिको बैठक सकिएपछि अबका केही दिन कांग्रेसको यो बैठक सफल भयो या असफल भन्नेबारे नेपाली राजनीतिमा अवश्यै समीक्षा हुनेछ । व्यवस्थापकीय हिसावले भेलामा खान र राम्रोगरी सुत्न नपाएका कार्यकर्ताहरुले निकै ठूलो गुनासो गरेको सुनियो । कतिपयले त सुशील कोइरालालाई असफल गराउन नवलपरासीमा बैठक राखिएको आरोप पनि लगाएका छन् । हुन पनि किनेर खान खोज्दासमेत निकै टाढा जानुपर्ने ठाउँमा बन्दशत्र राखिनु त्यति व्यवहारिक देखिएन । तराईमा गर्मी बढिसकेको छ र मच्छडले समेत चर्कै दुःख दिन थालेको छ भन्ने कुराको कांग्रेस नेताहरुले ख्याल गरेका भए यो बैठक या त एकमहिना अघि नै गर्ने थिए, या रसुवातिरको चिसो ठाउँमा आयोजना गर्ने थिए । राजनीतिमा खाने र सुत्ने विषय भन्दा विचार र नीति ठूलो कुरा मानिए पनि महाधिवेशनको तीनवर्षपछि आयोजना गरिएको बैठक नीति निर्माताहरुका लागि सहज र सुविधाजनक हुनै पर्ने थियो । त्यसैले एमाओवा...

नवलपरासी घोषणापत्र जारी गर्दै काँग्रेस महासमितिको बैठक आज सकिदै

वृजराज कुशवाहा नवलपरासी (त्रिवेणी गजेन्द्रमोक्षधाम)  नेपाली कांग्रेसको नवलपरासीको त्रिवेणीमा भईरहेको महासमिति बैठकको चौथो दिन आज  विहान ८ बजे शुरु भएको छ । बैठक आज ११ बजे समापन हुने जनाईएको छ । बैठकमा दोश्रो दिन पेश भएका राजनीतिक प्रतिवेदन, पार्टीको बिधान संक्षिप्त संशोधनको प्रस्ताव, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल तथा प्रतिनिधिहरुले बोल्ने क्रम हिजो सकिएको छ । दोश्रो दिनमा व्यवक्त्गित विचार राख्ने तथाने तथा तश्रो दिनमा अञ्चल स्तरिय समुह बनाई छलफल भएर १४ वटै अञ्चलबाट एक जना प्रतिनिधिले प्रतिवेदन पेश गर्ने काम भएको थियो । प्रसतावका रुपमा पेश गरिएका ती प्रतिवेदनहरुमा परिमार्जन सहित आज पारित गरिने कार्यक्रम रहेको केन्द्रिय सदस्य विमलेन्द्र निधिले जनाएका छन् । हिजोको बैठकमा शुभेच्छुक तथा केही भातृ संगठनहरुले पनि प्रतिवेदन बुझाएका थिए । आज ति प्रतिवेदनहरु पनि परिमार्जन सहित पारित गरिनेछन् । महासमितिको बैठकमा सदस्यहरुबाट आएका महत्वपुर्ण सुझावहरुपनि समेटिएर संशोधन गरिनेछन् ।  गजेन्द्रमोक्ष धामको आश्रमस्थलमा भइरहेको बैठकको दोश्रो दिनको कार्यक...

नवलपरासीमा तयारीसंगै बढ्यो नेपाली कांग्रेसको चहलपहल , एक अन्तर्वार्ता

Image
बिलासी नेता पनि आश्रममा बस्ने, सबैजना शाकाहारी खाने, माछामासु मदिरा आदि निषेध आसन्न नेपाली कांग्रेस महासमितिको बैठकले जिल्लामा नेपाली कांग्रेसलाई सहयोग पुग्नुका साथै भावी चुनावी रणनीतिलाई बल पुग्ने आशाका साथ नवलपरासीमा जमघट हुने देशका उच्च स्तरिय नेताहरुले नवलपरासीको गण्डक समस्या, सुस्ताको सीमा विवादप्रति जानकार हुनेछन् । शक्तिका श्रोतको रुपमा रहेका मदारबाबा, वाल्मिकी ऋषि र गजेन्द्रमोक्ष आश्रमले पार्टी, नेता तथा कार्यकर्तालाई उर्जावान स्थानमा बस्न पाएको अनुभूति गर्न पाउने विश्वास लिईएको छ । त्रिवेणीको गजेन्द्रमोक्षधाममा नारायणी, स्वर्णभद्र र पुर्णभद्र गरी यी तिन नदीको संगमस्थलमा अवस्थित मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको छनौटमा परेको पवित्र स्थल बन्दसत्रका लागि चयन गरिएको छ । बैठकको व्यवस्थापन कार्य, बैठकबाट हुने सम्भावित उपलब्धि र भावी योजनाबारे नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलसंग हाम्रा सम्वाददाता वृजराज कुशवाहाले गरेको कुराकानीको अंशः नेपाली कांग्रेस महासमिति बैठकको कार्यक्रमको स्वरुप कस्तो हुनेछ ?  महासमिति बैठकको उदघाट्न चैत २६ गते सो...

नेपाली नागरिकता पाउनका लागि नवलपरासीमा संघर्ष शुरू

Image

नवलपरासीमा नागरिकता बिहिनद्धारा संघर्षको चेतावनी

नवलपरासी नागरिकता पाउनबाट वञ्चित रहेका मधेशी यूवाहरुको एक समूहले नवलपरासीको परासीमा आज एक बृहत र्यालीको आयोजना गरी प्रमुख जिल्ला अधिकारीसंग तत्काल नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ । राज्य बिहिन मधेशी युवा संघर्ष समिति नवलपरासीको गठन गर्दै नवलपरासीका मधेशी यूवायूवतीहरुले नागरिकता नदिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । नवलपरासीका सबै मधेशवादी राजनीतिक दलका नेताहरु संलग्न र्यालीपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने लगायतका ७ बूंदे माग अगाडि सारिएको छ । आमाका नागरिकता भएका परिवारका व्यक्तिहरुबारे सजमिन गरी गाबिसको सिफारिसमा वंशजको आधारमा नागरिकता दिन अड्चन पैदा गर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कार्वाही गर्न माग गरिएको छ । वंशज तथा विवाहका आधारमा नागरिकता प्राप्त गर्ने पर्याप्त आधार हुँदा पनि नागरिकताको महत्व नबुझेर नबाउने महिलाहरुका लागि राज्यले चेतना स्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने तर्फ ध्यानाकर्षण गरिएको छ । अपांगता भएका तथा आर्थिक अवस्था ज्या...

उखुको आन्दोलन सफल बनाउन कार्यकर्ताद्धारा पार्टी परित्याग

नवलपरासी, उखु किसानको आन्दोलनमा आफनै पार्टीका मन्त्रीले सहयोग गर्नुको साटो असहयोग गरेको भन्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । वर्तमान सरकारका मन्त्री समेत रहेका तमलोपाका केन्द्रिय उपाध्यक्ष हृदयेश त्रिपाठीले उखु किसानको आन्दोलनलाई असहयोग गरेको कुरा सार्वजनिक भएपछि जिल्लाका कार्यकताहरु उनको विरोधमा पार्टी परित्याग गरेको हुन् । पार्टीका केन्द्रिय सदस्य रहनुभएका नवलपरासीका प्रभावशाली नेता अशोक जंग राणा सयौं कार्यकर्ताका साथ सनिवार पार्टी परित्याग गरेको जानकारी पत्रकार सम्मेलनमा गराईयो । सञ्चारकर्मीसंग कुरा गर्दै केन्द्रिय सदस्य राणाले स्वतःस्फुर्त रुपमा आन्दोलनमा उत्रेका उखु किसानहरुमाथि माघ १५ गते परासीमा लाठीचार्ज गर्नुका साथै गिरफ्तारीमा लिएपछि पनि कुटपिट गरेको घटनामा तमलोपाका केन्द्रिय उपाध्यक्ष तथा वर्तमान सरकारका मन्त्री त्रिपाठीले आफुहरुलाई कुनै प्रकारको सहयोग नगरेको बताए । त्रिपाठीले एक कल फोन समेत नगरेको बताए । तमलोपाका जिल्ला प्रवक्ता रहनुभएका उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादवले मन्त्री त्...
धर्ना दिन खोजेका उखु किसानलाई प्रहरीले नियन्त्रणमा नवलपरासी, उचित मुल्यको माग गर्दै धर्ना बस्नका लागि जिल्ला प्रशासनतर्फ जादै गरेका नवलपरासीका उखु किसानहरुलाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराइ आउने कार्यक्रम रहेको भन्दै प्रहरीले धर्ना बस्न दिएन । लाठीचार्ज गर्दै परासीको बुद्धचोकबाट १ सय जना उखु किसानलाइृ नियन्त्रणमा लिएको हिरासातबाट उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द यादवले जनाएका छन् । उखु उत्पादक कृषक र चिनीका उद्योगपतिबीच भएको ४८३ रुपैया पचास पैसाको मुल्य उद्योगपतिले नदिएपछि किसानहरु आन्दोलित भएका हुन् । नवलपरासीमा ठुला ३ वटा चिनी मिलहरु संचालनमा रहेपनि उखुको मुल्य भने तोकिएको छैन । उखुको मुल्य नै निर्धारण नै नभई उखु बेच्न बाध्य भएका किसानले जिल्ला प्रशासनमा धर्ना दिन जान लागेको बेला प्रहरीले नियन्त्रणमा लिएपछि नवलपरासीका पत्रकार र मानवअधिकारकर्मीहरु भत्र्सना गरेका छन् । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारीले किसानलाई नियन्त्रणमा लिएको घटना प्रति खेद व्यक्त गर्दै जवाफदेहीता निगरानी समिति नवलपरासीले निन्दा ग...