Posts

लाेकपाल (Ombudsperson) काे कार्य अनुभव एक टेलीभिजनमा

Image
नवलपरासीमा पाेषण लाेकपाल (Ombudsperson) भइ काम गरेकाे मेराे अनुभवमा अाधारित भइ न्युज 24 टेलिभिजनले लिएकाे अन्तर्वार्ता ।  प्रसारण गरिए पश्चात याे Talk show लाइ यूट्युबमा राखिएकाे छ । पुरा कार्यक्रम हेर्नका लागि तलकाे यस लिंकमा क्लिक गर्नुहाेस् । https://www.youtube.com/watch? v=DZc2cg-yv2E&t=273s

एलडिओ सरुवाको विरुद्धमा मोर्चा लगायत राजनीतिक दलहरु आन्दोलित

२४ पुष,२०७३ नवलपरासी नवलपरासीमा भर्खरै आएका एलडिओ जिवलाल भुषालको सरुवा रोकाउन, सरकारलाई दबाब दिनका लागि मधेशी मोर्चा, नेपाली कांगे्रस र नेकपा माओवादी नवलपरासीले आज परासीमा विरोध प्रदर्शन गरेको छ ।  बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी भुषालले  खोलाहरुको अनुगमन गरि अवैध नदीजन्य पदार्थहरु जफत गर्दै कराडांैको राजस्व चुहावट रोकेका थिए । ठेकेदारहरुले अवैधरुपमा स्टक गरेको ढुङ्गागिट्टी, बालुवा, जेसिभी, टिप्परहरु भुषालले नियन्त्रणमा लिई कार्वाही गर्न खोज्दा ठेकेदारहरु मन्त्रालयमा दौडधुप गरि भुषालको धादिङ्ग जिल्लामा काज सरुवा गराएका हुन् । भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडांैको स्टकहरु जफत र करोडांैकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषाल र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको स्थानीय विकास मन्त्रालयमा काज सरुवा गराएका हुन् । तालाबन्दी ...

प्रहरी बीटसंगैको भवनमा ताला तोडेर चोरी, व्यापारी आक्रोसित

Image
१८ पौष, २०७३ नवलपरासी सटरको ताला फुटाई बहुमुल्य मालसामान चोरिदै गरेको नवलपरासी गोपीगञ्ज बजारको घटनामा प्रहरी निष्कृय बनेको भन्दै स्थानीय व्यावसायीहरु सशस्त्र प्रहरीप्रति आक्रोस व्यक्त गरेका छन् । सटरको ताला फुटाई सामान चोरिने घटना विगत एक महिनाभित्र चार पटक घटेको र हालसम्म चोरहरु पक्राउ गर्न नसकिएको प्रति निन्दा गरिएको छ । गएराती पनि गोपीगञ्जमा सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा रहेको एक मोबाईल पसलको सटरको ताला तोडेर मोबाईल लगायत अन्य सरसामान चोरिएको घटनापछि स्थानीय व्यावसायीहरु आफुलाई असुरक्षित महशुस गरेका छन् । सशस्त्र प्रहरीको लापरवाहीका कारण गोपीगञ्जमा चोरीको घटना बढदै गएको स्थानीयको आरोप छ । एकपछि अर्काे घटना घटदै जांदा व्यापारीहरु चिन्तामा परेका तथा प्रहरीको सुरक्षाले आफुहरु सुरक्षित नरहेको बताएका छन् । स्थानीय व्यापारी नाजीर अन्सारीका अनुसार सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा ताला तोडेर मालसामान चोरिएपछि व्यापारीहरु असुरक्षित बनेका हुन् । उनले भने विगत एक महिनामा चोरीको यो चौथो घटना हो । २ दिन अघि अर्काे एक मोबाईल पसलमा ताला तोडेर मोबाईल लगायतका सरसामान चोरिएको थियो ...

उद्याेगपतिकाे दादागिरी विरूद्ध स्थानीयवासीन्दा, डिष्टिलरी बन्द गर्नुपर्ने अडान

Image
ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर नवलपरासीले डिष्टिलरी संचालनमा ल्याएपछि बढेको प्रदुषणले पीडित स्थानीयवासीहरु संगठित भई आज उद्योग अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै डिष्टिलरी बन्द गर्नुपर्ने माग दोहोर्याएका छन् । उद्योगले जथाभावी बगाउदै आएको प्रदुषित पानी थुनेर संघर्षमा उत्रेका स्थानीयवासीहरु मागप्रति बेवास्ता गरिएपछि  आन्दोलित हुनुपरेको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवले बताए । उनले भने उद्योगपतिले किसानको मागलाई बेवास्ता गर्दै दादागिरी देखाएपछि जनता विरोधमा उत्रेको हो । यसअघि साउन २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय परासीमा उद्योगपक्ष र पीडित स्थानीवासीबीच हुने भनिएको छलफलमा उद्योगपक्ष उपस्थित भएन । उद्योगपति उपस्थित नभएकै कारण प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहबरमा हुने भनिएका कैयौं पटकका वार्ता असफल हुदै आएको छ । प्रमुख जिल्ला अधिकारीले अनुसार किसानले आफनो क्षतिको विवरण जिल्ला प्रशासनमा बुझाउने र उद्योग पक्षले उद्योग स्थापना गर्दा पालना गर्नुपर्ने शर्तपत्र लिई उपस्थित हुने भनिएको थियो । तर आलटाल गर्दै आएको उद्योगपक्षकै ...

मापदण्ड पूरा नै नगरी डिष्टिलरी बनाएकाे खुलासा, किसान अान्दाेलित, डिष्टिलरी बन्द गर्नुपर्ने माग

Image
चिनी मिलको प्रदुषणका कारण न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुगेका प्रदुषण पीडितहरुसंगको वार्तामा मिल पक्ष नआएपछि आक्रोसित बनेका नवलपरासीका किसानहरु आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालय कै परिसरमा भेला भएका सयौं किसानहरु आन्दोलनका लागि संघर्ष समिति बनाएको प्रदुषण पीडित संघर्ष समितिका संयोजक विनोद यादवले बताए । नवलपरासी जिल्लाको प्रतापपुर गाविस ५ गंगापुरमा अवस्थित ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज प्रा. लि. ले डिष्टिलरी संचालनमा ल्याएपछि जथाभावी बगेको फोहोर पानीले किसानको बालीनाली नष्ट गर्नुका साथै मानव शरीरमा पनि नराम्रो असर पारेपछि पीडित किसानहरू साउन २७ गते प्रमुख जिल्ला अधिकारीलाइ महादेव पन्थीलाइ ज्ञापन पत्र बुझाएका छन् । उद्योगबाट बग्ने दुषित पानीको उचित व्यवस्थापन नगरेका कारण सो पानी जथाभावी बग्न थालेपछि किसानको बालनाली नष्ट पारेको किसानहरूकाे अाराेप छ । किसानसंग वार्ताका लागि साउन २७ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी आएका मिलका एक प्रतिनिधी प्रहलाद यादवले डिष्टिलरीको फोहोर पानी पोखरी बनाइ जम्मा गरेका थियौं, रातीमा वर्षा हुन थालेपछि पोखरीको डिल काटेर फोहोर प...

नारायणीकाे बाढीले नाध्याे खतराकाे सूचक, खतराकाे साइरन बजाइयाे, सामान जाेगाउन स्थानीयमा भागदाैड

Image
साउन ११ गते आज मंगलवार विहानैदेखि लागातार रुपमा बढन थालेको बाढीका कारण नारायणी नदी छेउछाउका स्थानीय बासीन्दाहरुमा त्रास फैलिएको छ । बासीन्दा त्रसित भएका छन भने आ आफना सरसामान जोगाउन लागि दोडधुप मच्चिएको छ । खतरा स्तर नाधेकाले नदी तटमा लगाईएका खतराका साईरनहरु बजाईएका छन् । जलस्तर मापन केन्द्र देवघाटले दिएको जानकारी अनुसार दिउसो १ बजेर २० मिनेट जांदा नदीलमा ८ मीटर ४७ सेमी पानीको बहाव पुगेकाे जनाएको छ । जलस्तर ८ मीटर ४० सेमी लाई जलस्तर मापन केन्द्रले खतराकाे सूचक मानेको छ । आज विहान ८ बजेको समयमा ६ मीटर ७३ सेमी मापन गरिएको जलस्तर १० बजेका समयमा ७ मीटर ३५ सेमी रेकर्ड गरिएको थियो । पोखरा लगायतका पहाडी भूभागमा राती परेको अबिरल वर्षाका कारण बढीरहेको नारायणी नदीको पानीको बहाव अभै बढन सक्ने चेतावनी दिईन थालेपछि नदी छरछिमेकका बासीन्दा त्रसित बनेको स्थानीयहरुले बताएका छन् । प्रशासनले सुरक्षित स्थलमा जान सूचना गरेकाे छ । नारायणी तटमा रहेका त्रिवेणी सुस्ता गाविसको वडा नं. ४ सुस्ता लगायत अन्य वडाहरु पनि नारायणीको उच्च जोखिममा छन् । त्यस्तै कुडिया, नरसही, पकलिहवा गाविस पनि नारायणी नदीको चपेटामा...

नवलपरासीमा जिल्ला कार्यालयहरू डुबानमा, नारायणीले ठोकर नं. १३ मा कटान तिब्र, ३०० ब्लक बगायो, दर्जनौं गाउं डुबानमा

Image
विगत एक हप्तादेखि भएको अबिरल वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र डुबानमा पर्यो । २०४६ साल पछिको दोश्रो ठुलो विनाशकारि बाढी मानिएको छ । जिल्लाका खहरे खोलाहरूमा जलस्तर बढेपछि जताततै क्षति पुगेको छ । प्रजिअको निवास झरही खोलामा अचानक अएको बाढीले जिल्लाको सदरमुकाम परासी बजार डुबानमा पर्यो भने नारायणी नदीमा बढेको पानीले ठोकर नं. १३ मा कटान तिब्र पार्यो । त्यसैगरी बेनिमणिपुर ६ को कोल्टानी , बैरेनी , खयरघारी गाउँ डुबानमा परेको छ । जिप्रका नवलपरासी कार्यालय गए राति ११ बजे देखि परेको अविरल वर्षाले गर्दा परासीको बुद्धचोक , मालटोल, इमलिटोल, संगम टोल, शान्ति टोल, लोकतान्त्रिक चोक र उद्योग बाणिज्य संघ समेत डुबानमा परेको छ । सहुवाटिकर , इमलिटोल र केरवानि झरही खोलाका कारण उच्च जोखिममा रहेका छन । राजमार्गमाथिबाट बग्दै गरेकाे पानी र ट्रक परासी आसपासका दर्जनौं गाउंमा समेत बाढीको पानी पसेको छ । जिल्लाको सुनवलमा घर डुबानमा परेका छन् , बर्दघाट क्षेत्रका साथै मनरी, पचगांवा , चनरगढिया , देउरवा , उजैनी र बेलासपुर लगायतका दर्जनौं गाउ डुबानमा परेका प्रमुख जिल्ला अधिकारी पन्थीले बताएका छ...