Posts

मधेश उपनिवेश

सुजीतकुमार झा पृथ्वीनारायण शाहले मकवानपुर र उपत्यका आफ्नो अधिनमा लिए पछि सर्वप्रथम राज्यसत्ताको मेरुदण्ड सैन्य संगठनबाट तिरहुतिया सेनालाई हटाई तराई बासीहरुलाई सधैंको लागि पूर्णतः निषेधित गरे । त्यस पछि बृटिश ईष्टइण्डिया कम्पनीलाई तराईको कुत बुझाउदै पुस्तौ – पुस्तादेखि उपभोग गर्दै आएका उर्वर – भूमि पृथ्वीनारायण शाहले सैन्यबलद्वारा खोसेर राजपरिवारका सदस्यहरु , भारदारहरु , सैनिक उच्चअधिकारीहरु , उच्च पदस्थ कर्मचारीहरु , राजगुरु , राजपुरोहितको नाममा बक्सीस , विर्ता , जमीन्दारी , जागीरदारी , तालुकदारी , गुठी आदिको रुपमा वितरण गरि तराई बासीहरुलाई भू – दास बनाए । यस महेशचन्द्र रेग्मी १९८४ , ह्योमे के , २००५ का अनुसार “ तराईलाई भर्खरै स्थापित नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रुपमा रहेका पहाडे मूलका काठमाण्डौका कुलिन र भारदारहरुलाई आर्थिक र अरु किसिमले लाभ पु ¥ याउने उपनिवेसका रुपमा लिइएको थियो ” । २०२१ साल सम्ममा सम्पूर्ण तराईको ७० प्रतिशतभन्दा बढी जमिन चाही “ राणा(शाह , दरवारका भारदार र काठमाण्डौंका सम्भ्रान्तहरुकै मौजा थियो (गौतम भास्कर २०७०) । १९ औं शताब्दीको मध्यमा तरा...

“मधेश राजनीतिक उच्चस्तरीय संयन्त्र” गठन गर्न डा. सी के राउतको प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं, २५ पुस । तराई–मधेशलाई छुट्टै राष्ट्र बनाउने अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले ‘मधेश राजनीतिक उच्चस्तरीय संयन्त्र’ गठनका लागि प्रस्ताव सार्वजनिक गरेका छन् । उनले मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका नाममा खोलिएको राजनीतिक दलका अध्यक्षहरुलाई सो संयन्त्र गठनका लागि अपील गरेका छन् । डा. राउतले संघीयले मधेश÷तराईको औपनिवेशिक समस्याको समाधान गर्न नसक्ने दाबी गर्दै एक मधेश एक प्रदेश लागू हुँदा पनि मधेशीहरुको आधारभूत समस्याको समाधान गर्न नसक्ने प्रस्तावमा उल्लेख गरेका छन् । उनले मधेश समस्या समाधानका लागि स्वतन्त्र मधेश स्थापित गर्नु नै पर्ने दाबी गरेका छन् । उनले साढे चार महिनादेखि अधिकारका लागि तराई–मधेशमा भइरहेको आन्दोलनलाई शासक वर्गले नजरअन्दाज गर्दै आएको प्रस्तावमा उल्लेख गरेका छन् । स्वतन्त्रताबाहेक अन्य कुनै विकल्प नरहेको ठोकुवासमेत गरेका छन् । डा. राउतले तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, रामसपा अध्यक्ष शरत्सिंह भण्डारी, तमसपा अध्यक्ष महेन्द्र यादव, नेसपा अध्यक्...

४० दिनदेखि नवलपरासी बन्द, निषेधाज्ञाको म्याद आज फेरी थपियो, औषधि समेतको अभाव

Image
                जिल्ला सुरक्षा समितिले नवलपरासीमा लगाउदै आएको निषेधाज्ञा आज विहिवार फेरी ७ दिनका लागि थप गरेको छ । सात दिन थप गरिएसंगै नवलपरासीमा निषेधाज्ञाको अवधि १ महिना पुगेको छ । सम्भावित घटनाको मध्येनजर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज परासीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज ७ गते राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको बावजुद पनि आन्दोलित संयुक्त थरुहट मधेशी मोर्चाका कार्यकताले आज फेरी पनि निषेधाज्ञा तोडेका छन् । आज तेश्रो दिन निषेधाज्ञा तोडदै परासीको व्यस्त बजार बुद्धचोकमा टायर बालेका हुन् । टायर बालेका मोर्चाका कार्यकता तितरबितर भएपछि आएको प्रहरीले टायर उठाएर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोर्चाका कार्यकर्ताले विगत ३ दिनदेखि निषेधाज्ञा तोडदै आएका मोर्चाका संयोजक मुकुरजी गिरीले जनाएका हुन् । आन्दोलनरत मोर्चाका कार्यकर्ता आज पनि निषेधित क्षेत्र बाहिर शान्तिचौर तथा बालगोबिन्द पेट्रोलपम्पमा प्रदर्शन गरीरहेका छन् । परासी बजार लगायतका स्थानहरुमा बन्दको प्रभाव देखिएको छ ...

संविधान विधेयकमा सँशाेधनकाे अाेइराे । के हाेला ?

सरकारको नेतृत्वसमेत गरेको कांग्रेसमा पार्टी निर्णयविपरीत संविधानसभामा पेस भएको संविधान विधेयकमा विरोध र असन्तुष्टि बढ्दै गएको छ। मधेसी , थारू , जनजाति र दलितले विधेयक दर्ता भएदेखि नै पार्टीभित्र राख्दै आएको असन्तुष्टिको सम्बोधन नभएपछि आफैं संशोधन पेस गरेका हुन्।     नेता अर्जुननरसिंह केसीले पनि संविधान विधेयकको केही प्रावधानमा गम्भीर असन्तुष्टि राख्दै संशोधन प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार केन्द्रीय सदस्य शेखर कोइरालाले संशोधन प्रस्ताव दर्ता गरेका थिए। अब संविधान निर्माणको समेत नेतृत्व गरेको कांग्रेसमा संविधानको विवाद मिलाउन सबैभन्दा गाह्रो हुने भएको छ।     उसले पार्टीभित्र बढ्दै गएको असन्तुष्टि सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन। केन्द्रीय सदस्य कोइरालाले दर्ता गरेको संशोधनमा धर्म निरपेक्षता हटाउनुपर्ने माग गरिएको छ।   केसीले एक दर्जन बढी मुद्दामा आफ्नो संशोधन दर्ता गराएका हुन् । उनले धर्म निरपेक्षताका साटो बहुधार्मिक वा सर्वधर्म समभाव राख्नुपर्ने , संसदीय व्यवस्थाको शासकीय स्वरुपमा प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिने प्रावधान समेत प...

हामी वार्ता विरोधी होईनौं तर भैसकेको सहमतिका लागि फेरी वार्ताको कुनै तुक छैन

Image
विगतमा भएको सहमतिका आधारमा बनेको अन्तरिम संविधानको घारा १३८ को १ (क) मा स्वायत्त मधेश प्रदेश रहने व्यवस्था गरिए अनुरुप  नयां बन्ने संविधानमा व्यवस्था नगर्नु मधेशसंगको बेइमानी हो । वृजराज कुशवाहा, नवलपरासी मधेश पहाड मिलाउने काम अप्राकृतिक हो र मधेशी पहाडी छुटाउने काम पनि अप्राकृतिक हो भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसले यो काम गरेको छ, उसले देशमा सामाजिक सद्भाव बिगार्ने काम गरेको बताउनुभएको छ । मधेशी पहाडीको सदभाव बिगार्नका लागि आतुर रहेका शासकहरुद्धारा अहिले टिकापुर र भैरहवामा सदभाव र्याली गराईएको छ । सदभाव र्यालीको नाममा देशमा अहिले सामाजिक सद्भाव बिगार्ने काम गरिएको छ, त्यसैले हाम्रो माग हो, प्रदेश बनाउंदा मधेशी पहाडीलाई संगसंगै बस्न दिनुपर्छ र मधेशको भूमिलाई पहाडसंग गाभिनु हुदैन । तर नेकपा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, कृष्ण प्रसाद सिटौला र शेर बहादुर देउवा जस्ता केही अतिवादी चिन्तनका शासकहरुले मधेशवादीले उठाएको संघियताको मागले मधेशी पहाडी छुटाएको आरोप लगाउने गरी विक्रित संघियता थोपार्ने काम गरेको आरोप लगाए । नवलपरासीको परासीमा प...

नवलपरासीमा निषेधाज्ञा ४ दिन थपियो, परासीमा मधेशी मोर्चाको विशाल विरोध सभा, मोर्चाका केन्द्रिय नेताले गरे सम्बोधन

Image
०६३ को अन्तरिम संविधानमा भैसकेका सहमतिहरु कार्यान्यवन नगरेसम्म हाल वार्तामा नजाने अडान कायमै वृजराज कुशवाहा, नवलपरासी अन्तरिम संविधानमा सम्बोधन भैसकेका मधेशका मागहरु नयां संविधानमा छाडेका हुनाले मधेश भूमि आन्दोलित हुनुपरेको पुष्टि गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले थरुहट मधेश स्वायत्त प्रदेशको माग पुरा नभएसम्म आन्दोलन उचाईमा जाने दावी गर्नुभएको छ । मधेशका माग सम्बोधन हुन नदिनेप्रति सचेत रहेका खसवादी चिन्तनका शासकहरुका कारण मधेश आन्दोलित हुनुपरेको तथा मागलाई संविधानमा उल्लेख गराउनका लागि आफु सभासदको पद त्याग गरी मधेश आन्दोलनमा होमिएको बताए । उनले मधेशवादी अन्य सभासदलाई पनि सभासदको जागिर त्यागेर मधेश आन्दोलनमा आउन आग्रह गर्दै ३५ जना सबै मधेशवादी सभासदले संविधानसभाको पद त्याग गर्न सके पद त्याग गरेको २४ घण्टाभित्र खसवादी चिन्तनका शासकहरु घुंडा टेक्न बाध्य हुने चेतावनी समेत दिनुभयो । अनि मात्र मधेशको माग पुरा हुने दावी गर्नुभयो । अन्तरिम संविधान ०६३ मा मधेशमा स्वायत्त प्रदेश हुने, जनसंख्याको आधाारमा समानुपातिक प्रणली, निर्वाचन प्रणाली, नागरिकताको समस्या समाधान गरिने सहमत...

प्रशासनले भैरहवा घटनालाई साम्प्रदायिक बनाउन खोजेको आरोप

Image
जुलुसमा सादा पोशाकका सेनाको घुसपैठ भएको भण्डाफोर ,   समाचार प्रकाशन नभए पत्रकारलाई कार्वाही गर्ने कडा चेतावनी   प्रारम्भिक संविधानको मस्यौदामा ल्याईएको ६ प्रदेशको संरचनाले मधेशीको हकहित नगर्ने दावी गर्दै आन्दोलित बनेका थरुहट मधेशी संयुक्त मोर्चाले आह्वान गरेको मधेश बन्दको १२ आें दिन आज सुक्रवार परासीमा वृहत विरोध सभामा नेताहरु आक्रामक देखिए । पत्रकारलाई चेतावनी दिएका छन् भने भैरहवा घटनामा सेनाको घुसपैठ रहेको आरोप लगाएका छन्    सभामा तमसपाका नवलपरासी अध्यक्ष मुकुरजी गिरीले भैरहवामा भदौ ३ गते भएको घटना सुनियोजित भएको बताएका छन् । भैरहवा प्रशासनले सेनाका जवानलाई शादा पोशाकमा परिचालन गरी मधेशीमोर्चाको आन्दोलनमा घुसपैठ गराई आन्दोलनलाई साम्प्रदायिक बनाउने प्रयास गरेको रहस्यको खुलासा भएको दावी गरेका छन् । मधेशमा हक अधिकारको आवाजले उचाई पाउदै गएको अवस्थामा सरकारको नियन्त्रणको प्रयास असफल बनेका कारण त्रसित बनेको प्रशासनले मधेश आन्दोलनलाई कमजोर बनाउन मधेशमा साम्प्रदायिक आगो सल्काउन खोजेको गिरीको दावी छ । भैरहवामा आन्दोलनमा उत्रेका मधेशवादीको विरोध जुलुसमाथि पहाडे मूलकाल...