Posts

सत्यतथ्य समाचार, निष्पक्ष विश्लेषणका साथ ।

Image
 समाचारकाे क्षेत्रमा ताजा जानकारी सदैव पाइ रहनका लागि एक पटक लाइक गराैं । onlinejanata                                             www.facebook.com/onlinejanata

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी

Image
उमेश बि.क नवलपरासी, १२ भदौ । काेरोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले नेपाल रेडक्रस साेसाईटी बालपुरी शाखा सरावलकाे अध्यक्ष प्रदिप अग्रहरीले निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं भनेर अाग्रह गर्नु भएको छ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) समुदाय स्तरमा अाइसकेकाे हुनाले यसबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे। नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै नवलपरासीका सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । नवलपरासीको साताैँ स्थानीय तहले गरिबीका रेखामुनि रहेका जनतालाई अबिलम्ब राहत दिनु जरुरी रहेको बताउदै ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज ल्याउन जनप्रतिनिधिलाई अाग्रह गर्नुभएको हाे । यश बिपतकाे घडीमा हामी सम्पूर्ण समाजसेवी ,समाजिक अ...

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Image
सहबान अन्सारी नवलपरासी, १२ भदौ । नवलपरासीमा बिभिन्न ठाउँबाट नदिजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ स्थित झरही खोलामा अबैधरुपमा नदिजन्य पदार्थ मिस्कट,बालुवा उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका स्थित वडा नं. १२ तुरिया खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी रामग्राम नगरपालिकाको कार्यालय बुझाएको छ । त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ पिपरहिया स्थित झरही खोलाबाट अबैधरुपमा उत्खनन गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्याक्टर लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको ट्याक्टरलाई सिमा प्रहरी चौकी महेशपुर,ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी पाल्हिन्दन गाउँपालिक...

जिल्ला प्रशासनकाे निषेधाज्ञाका बावजुद तस्करी कायमै

Image
वृजराज कुशवाहा, १२ भदाै नवलपरासी । हरियाे मटर (केराउ) काे तस्करी अनियन्त्रित बन्दै गएपछि  नवलपरासी पश्चिमकाे सुरक्षा समितिकाे बैठककाे निर्णयले जिल्ला भित्र समेत मटरकाे अाेसार पसारमा राेक लगाए पनि तस्करी निर्वाध रूपमा चलिरहेकाे छ ।  जनसंख्याकाे अाधारमा जिल्लामा खपत हुनसक्ने परिमाण भन्दा धेरै बढि मात्रामा मटर भित्रिएर भारततर्फ तस्करी भैरहेकाे कारण देखाइ जिल्ला प्रशासन नवलपरासी पश्चिमले ०७७ भदाै ८ मा सूचना प्रकाशन गरि  मटर/केराउ ( हरियाे/सेताे ), छाेहडा र मरिचकाे अाेसारपसार तथा ढुवानीमा अर्काे अादेश नभएसम्मका लागि पुर्ण प्रतिबन्ध लगायाे । प्रशासनले राेक लगाएपनि तस्करी राेकिएन । तस्करहरूले भारततर्फ गर्दै अाएकाे अवैध निकासीमा कुनै अवराेध पुगेकाे छैन । सीमावर्ती प्रहरी माैन छ । तस्करीहरू राती मात्रै हाेइन दिउंसै पनि मालसामान अाेसारेका छन् । जिल्लाकाे सीमावर्ती गाउंकाे बाटाे, गाेरेटाे गाेरेटाे बाटाे तथा खेतबारीकाे बाटाे प्रयाेग गरि चाैबिसै घण्टा मटरकाे तस्करी भैरहेकाेले निद्रा भरि सुत्न नपाइ अाजित भएका स्थानीयवासीकाे गुनासाे छ । स्थानीयवासी भन्छन्, दिउसाेकाे समयमा पिकअप, टेक्टर ...

भारतीय बालक नेपालमा फेला

Image
भारत उत्तर प्रदेशकाे गाेरखपुर शहर स्थित सेमरा घर बताउने अन्दाजी वर्षे १० बालक किशन विश्वकर्मा पश्चिम नवलपरासीकाे गुठी परसाैनीमा अाज साेमवार फेला परेका छन् । बालक घरबाट अाजै भागेकाे बताएका छन् । जीप चढेर निचलाैल झुलनीपुरकाे बाटाे हुंदै गुठी परसाैनी गाउं पुगेकाे र पिपल बाेट तल बसीरहेकाे अवस्थामा भेटेपछि अनलाइन जनता डटकमलाइ जानकारी गराएका हुन् । स्थानीय प्राथिमक विद्यालय सेमरामा कक्षा ४ मा पढने बताएका छन् । उनका अनुसार उनलाइ पढाउने मैडमकाे नाम स्वेता हाे । उनका एक प्रिय साथीकाे नाम अभिमन्यु र अर्का दिलिप लाेहार हुन् । उनकाे बुवाकाे नाम दुबर्बल लाेहार तथा अामाकाे नाम अञ्जनी बताएका छन् । मामा ब्रह्मा एक फर्निचर पसलमा काम गर्छन् । उनी अाफु ३ भाइ र २ बहिनी रहेकाे बताएका छन् । बालक नेपाल प्रहरीलाइ जिम्मा लगाइएकाे छ । नेपाल प्रहरीलाइ वा म वृजराज कुशवाहालाइ फाेन 009779857024072 मा सम्पर्क गृनसक्नुहुन्छ । मानव सेवा नै धर्म हाे । धन्यवाद

राजीनामा दिनुकाे प्रष्टिकरण

Image
मेराे विचारः जन जागृति माध्यमिक विद्यालय गुठी परसाैनी नवलपरासीकाे प्रधानाध्यापक (बाबुराम सुबेदी) समक्ष मैले २०७५ साउन १८  गतेका दिन प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएं । याे जिम्मेवारी मलाइ विद्यालय प्रशासनले २०७४ असाढ महिनामा दिएको थियाे । एक वर्षभन्दा बढि समय भयो तर जति प्रयास गरेपनि यस व्यक्तिसंग सहकार्य गर्न सकिएन । जतिबेला जुन विषयमा पनि कुरा परामर्श गर्न खाेज्याे अाश्वासन मात्र दिने तर काम चांही नगर्ने रहेछ । तर विद्यालय चलाउने काम अाश्वासनले हुदैन । पछिपछि यस व्यक्तिले मेराे भेटघाट, छलफल तथा विचार विमर्शकाे कामलाइ पनि समस्या मान्न थाल्याे । नितान्त संस्थागत विषयलाइ लिएर बैठक बसाैं र छलफल गरि समाधान गराैं यसले विद्यालयलाइ फाइदा हुन्छ कि भन्दा पनि तयार नभएपछि निकास खाेज्न बाध्य भएं । यसले मलाइ कामकाे जिम्मा त दियाे तर समस्या पर्याे भने सहयाेग नगर्ने रहेछ भन्ने प्रष्ट भयाे र मैले निर्णय लिएं कि अब याे व्यक्तिसित भनाभन गरिरहनु तथा संस्थाकाे विकासलाइ बन्धक बनाइरहनु भन्दा म अाफुले संस्थालाइ सहयाेग गर्नुपर्छ र बाटाे खुल्ला गरिदिएं । कि शायद यिनी अरू कसैलाइ त्याे पदमा ल्याउन ...

बाढिग्रस्त क्षेत्रमा सचेत रहनु नै महत्वपुर्ण उपाय हाे, केही टिप्सहरु उपयाेगी बन्न सक्छन्

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस् । सरकारी तथा आपातकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च साथमा राखिराख्नोस । रात परेपछि काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस । ६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस । ७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस । ८. बलिया र युवा साथिहरु पानी रोकिएपछि आवस्यक पर्ने उद्दारको लागि तयार रहनूस! ९. सर्पकाे जाेखिम हुने भएकाले सावधान रहनुस् । १०. यस्ता अवस्थामा अावश्यक पर्नेसहायता केन्द्रहरुकाे सम्पर्क नम्बरहरु जानी राख्नु वेश हुनेछ । ११. सञ्चारकर्मीहरुसंगकाे नियमित सम्पर्कले तपाईलाई जानकार रहन मद्दत पुग्नेछ । यसमा साथै तपाईमाे अाफ्नै तवरकाे सजगता पनि तपाईकाे सुरक्षा कवच सावित हुनसक्छ । 

हिन्दु मुस्लिमकाे अास्थाकाे केन्द्र मदारबाबाकाे महिमा यस्ताे छ, फाेटाेफिचर सहित | Online Janata

हिन्दु मुस्लिमकाे अास्थाकाे केन्द्र मदारबाबाकाे महिमा यस्ताे छ, फाेटाेफिचर सहित | Online Janata

Saawan Ka Mahina Aaya Hai [Full Song] Aayee Milan Ki Raat

Image

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी मतदान गर्न प्रमुख अायुक्तकाे अपिल’ (पूर्णपाठसहित) | Online Janata

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी मतदान गर्न प्रमुख अायुक्तकाे अपिल’ (पूर्णपाठसहित) | Online Janata

संविधान संशोधन नभई राजपा नेतृत्व चुनावमा जाने पक्षमा देखिदैछ; नेता हृदयेश त्रिपाठी

Image
५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए । राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् । पछिल्लो पटक ५ नम्बर प्रदेशका राजपा नेताहरुले भैरहवामा गरेको बेग्लै भेलापछि हृदयेश त्रिपाठीहरुले राजपाबाट विद्रोह गर्न लागेको चर्चा चलेको छ । तर, पार्टीका नाममा पसल खोलेर मधेसको मसिहा बन्ने पक्षमा आफू नरहेको त्रिपाठीले प्रष्ट पारे । प्रस्तुत छ त्रिपाठीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेल ले गरेको कुराकानीः हामीले अहिले यो अन्तर्वार्ता गरिरहँदा पनि तपाईको पार्टीको अध्यक्ष मण्डल बालुवाटारमा छ । मन्त्रिपरिषद विस्तार अघि राजपासँग वार्ता गर्नुपर्ने अवस्थामा सत्तापक्ष पुग्नुको अर्थ तपाईहरुसँग साँचो त रहेछ नि होइन ? हामीसँग कुनै साँचो छैन । यथार्थमा के भने राजपा एकीकरणपछि यसलाई देखाएर धेरैको राजनीति चलेको छ । दोस...

राजपाका कार्यकर्ता पक्राउ परेपछि नवलपरासीमा शान्तिपुर्ण मनोनयन

वृजराज कुशवाहा, नवलपरासी, ४ असार । राजपा नेपालको चुनावी कार्यक्रममा अवरोध गर्ने तयारीका बावजुद पनि नवलपरासीमा मनोनयन दर्ताको कार्य शान्तिपुर्ण तवरले सम्पन्न भएको छ । जिल्लाको ७ वटै स्थानीय तहमा उम्मेदवारहरुले उल्लासका साथ मनोनयन दर्ता गराएको र निर्वाचनको काममा कुनै बाधा अवरोध नभएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताउनुभएको छ । नवलपरासीमा राजपा अाफ्नै कारणले शक्ति गुमाउन पुगेकाे विश्लेषकहरूकाे बुझाइ छ । शनिवार राजपाकाे विराेध कार्यक्रम परासीमा राजपा अध्यक्ष मण्डल संयाेजक महन्थ ठाकुर मञ्चमा बाेलीरहदा अाफ्नै कार्यकर्ताले उत्पात मच्चाए । उपाध्यक्ष हृदयेश त्रिपाठी कार्यकर्तालाइ शान्त बनिदिन हार गुहार गरिरहे, ठाकुर बाेलीरहेकाे माइक लिएर बिन्ति गरिरहे तर उनकै कार्यकर्ता उनलाइ टेरेनन् । न त कार्यकर्ताले नै टेरे न त प्रहरीले नै । र अश्रुग्यास र गाेली चल्न थाले । फेला परेकाे नेकपा एमालेकाे टिशर्ट जलाउनका लागि धैर्यता गुमाए र हतार हतारमा अागाे लगाएपिछ माहाैल अशान्त बन्न पुगेकाे प्रत्यक्षदर्शीहरूले बताए । धरपकड शुरू गर्याे प्रशासनले र जिल्ला स्तरका नेता नियन्त्रणमा परेपछि मनाेनयनमा अवराेध ...

नवलपरासीमा संघिय समाजवादी फोरम नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नया शक्तिबीच चुनावी तालमेल

वृजराज कुशवाहा, नवलपरासी, ४ असार । पार्टी केन्द्रिय कमिटिको निर्देशनका बावजुद पनि अलमलमा परेका संघिय समाजवादी फोरम नेपाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दिएका छन् । जिल्लामा राजपाको प्रभावका कारण आफुहरु चुनवामा जादा मधेशबाट एक्लिने हो कि भन्ने मानसिक दबावमा परेका उनीहरु अन्ततः नया शक्तिसंग चुनावी तालमेल गरि उम्मेदवारी दर्ता गराएका हुन् । यस अघी उनीहरु केन्द्रमा जे जस्तो निर्णय भएपनि जिल्लामा राजपाको साथमा उभिने प्रतिबद्धता जनाएका थिए । जिल्लाको प्रतापपुर र सरावल गाउपालिका गरि २ स्थानीय तहमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गराएको छ । सुस्ता र पाल्हीनन्दन गाउंपालिका गरि २ स्थानीय तहमा संघिय समाजवादी फोरम नेपालले आफना उम्मेदवार उठाएको छ । रामग्रााम, सुनवल र बर्दघाट नगरपालिका गरी ३ स्थानीय तहमा नयां शक्तिले उम्मेदवारी दिएको छ । उनीहरु आ आफनो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराएका हुन् । संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पनि उम्मेदवारी दिएका छन् । उनले पाल्हीनन्दन गाउंपालिकाकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । त्यहा उपाध्यक्ष...

नवलपरासीमा स्थानिय तह निर्वाचनः कतै चुनावी चहलपहल, कतै राजपाको आन्दोलन

वृजराज कुशवाहा, नवलपरासी जेष्ठ ३१ । नवलपरासीको २ स्थानिय तहमा चुनावी चहलपहल बढेको छ भने ५ वटा स्थानिय तहमा राजपा आवद्ध आन्दोलित दलहरु विभिन्न चरणबद्ध संघर्षका साथ सडकमा उत्रेका छन् । राजपाको बन्द आह्वानका कारण उम्मेदवारहरुले आफनो चुनावी प्रचार प्रसार लिएर घरदैलोमा जान सकेका छैनन् । जसले सुनवल र बर्दघाट नगरपालिकामा मात्र चुनावी चहलपहल छ भने जिल्लाको अन्य ५ वटा स्थानीय तहमा आन्दोलन व्याप्त छ । यसमा जिल्लाको सदरमुकाममै रहेको नगरपालिका रामग्राममा समेत प्रचार प्रसार हुन पाएको छैन । प्रचारप्रसार हुन नपाउने क्षेत्र रामग्राम नगरपालिका, पाल्हीनन्दन गाँउपालिका, सरावल गाँउपालिका, प्रतापपुर गाँउपालिका र सुस्ता गाँउपालिकामा चुनावको रौनक शुन्य छ । राजपाले आह्वान गरेको ४ दिने बन्द को अवधिमा प्रचार प्रसार नगर्ने उर्दी जारी गरेको छ । झण्डा र व्यानरका साथै प्रचारको गाडी समेत चल्न दिएको छैन । झण्डा बोकेकै कारण परासीमा नेकपा एमालेको एक मोटरसाइकलमा तोडफोड गरिएको छ । सदरमुकाम परासी रामग्राम नगरपालिका र अन्य ४ तह आन्दोलनरत राजपा नेपाल तथा मोर्चाले यहाँ कुनै पनि पार्टिहरुलाई निर्वाचनमा भाग लिन ...

मनका कुरा

अचम्मकाे देश रहेछ नेपाल र यस देशका बासिन्दा हामी नेपाली । जतिबेला हेर्या हेर्यै, मूकदर्शक । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लाेकतान्त्रिक देशका मुटु हुन्, धडकन हुन् । यिनैकाे भरमा देशकाे ढुकढुकी चल्छ । तर मलाइ किन हाे किन ? घरिघरी लाग्छ यिनीहरू बिरामी पर्न थालेका हुन् कि अाफ्नाे काम गर्दा गर्दा दिक्क भएका हुन् । स्वाद फेर्नलाइ हाे कि किन हाे ? एउटाकाे जिम्माकाे काम अरूले गर्न थाल्छन् । संबैधानिक निकायहरू पनि मति बिग्रकाे झैं काम गरेकाे देख्दा चिन्ता लाग्छ कि के भा काे हाेला हाम्राे देशां ? जताततै लथालिङग बन्दैछ ।लाेकतान्त्रिक पद्दति नै नपचेकाे हाे कि ? जुन निकाय वा उच्च अाेहदाका व्यक्तिले केही गर्ने अवसर पायाे कि अतिवाद गरिहाल्ने । माैका पायाे कि यसरी निर्णय वा काम गरीहाल्छन् कि पचाउनै गाह्राे । थुक्क भन्नपर्ने स्थिती ल्याइहाल्दा रहेछन् । अब हेराैं न, जनताले विश्वास गरेकाे न्यायालय दाेहाेराे मापदण्डकाे फैसला ल्याउंछ । जसले सानाे कुरामा पनि अन्याय भाे भन्दै रिट गर्न जानेहरूलाइ मन लुभावन भएकाे छ । दलिय काेटामा न्यायाधिस हुनेहरूलाइ पनि गुन तिर्न हताराे छ । र यति पनि मिलाउन नस...

मतपरिणामले के संकेत गर्दैछ ?

नवलपरासीमा पनि मतगणना जारी नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटै स्थानिय तहमा मतगणना कार्य जारी  छ  ।  जिल्लाको गैडकोट , देवचुली  , कावासोती र मध्यबिन्दु नगरपालिकामा र  गाउÒपालिका तर्फ  बिजयी त्रिबेणी ,   हुप्सेकोट   बुङ्दीकाली   र बुलिङ्गटार गाउपालिकामा मतगणना जारी छ  । अहिलेसम्म  मतगणना भएको   स्थानमा नेपाली काग्रेस  र नेकपा एमाले बिच प्रतिष्पर्धा देखिन्छ  ।   काहा कस्को अग्रता मत सहित  जम्मा खसेको मत नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टीको नाम प्राप्त गरेको मत  गैडाकोट नगरपालिका छत्रराज पौडेल नेकपा एमाले ( अग्रता ) १२३९  गजेन्द्र  बहादुुर आले नेपाली कांग्रेस   ११०३  दुर्गा ढु¨गाना  माओवादी केन्द्र  ३६ ३०३४५ कावासोती नगरपालिका महेन्द्र पोखरेल नेपाली काग्रेस (अग्रता )  १०७६  चन्द्रा पुन नेकपा एमाले ९९३  डासीराम बस्याल माओवादी केन्द्र  १३६  देवचुली नगरपालिका हरि न्यौपाने  नेकपा एमाले ( अग्रता ) २२७४  पुर्ण कुमार ...

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ । यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

ट्रेड युनियन द्धारा जिल्ला जनस्वाथ्य कार्यालयमा काम ठप्प

Image
फागुन ८, नवलपरासी     स्वास्थ्य क्षेत्रका सिनियर अहेव तथा छैठौं स्तरका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आइतवार आज विहानदेखि कामकाज ठप्प पारी जिल्लाका स्वास्थ्यकर्मीहरुको टे«ड युनियनले नवलपरासीको जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएको छ ।     कर्मचारीहरुको उचित व्यवस्थापन गर्नका लागि स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुलाई पद व्यवस्थापन गर्नुपर्नेमा नेपाल सरकारले व्यवस्थापन नगरेको हुनाले आन्दोलित हुनु परेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष पारेश्वर भुर्तेलले जानकारी गराए ।        उनले विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ लाई २०७० साल चैत्र १२ गते परीमार्जन गरी स्वास्थ्य ऐन अनुसार दफा ९ ख मा पदस्थापन तथा सरुवा बढुवालाई व्यवस्थित गर्नुपर्ने थियो तर परीमार्जन हुनु भन्दा अघि तथा स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन गरिएन ।       नवलपरासी जिल्लामा आन्दोलनमा रहेका ५८ जना स्वास्थ्यकर्मीहरुले पद अनुसार का...

मुस्कुराउँदै अदालतमा सिके राउत

Image
मिथिलेश यादव लहान – ‘ मधेसलाई छुट्टै राष्ट्र बनाउने ’ अभियान चलाउँदै आएका चन्द्रकान्त राउत ( सिके ) लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ। म्याद थप भएपछि राउतमाथि इलाका प्रहरी कार्यालय लहानमा दर्ता रहेको ‘ राज्यविरुद्धको संगठित अपराध ’ मुद्दामा कारबाही अघि बढ्नेछ। म्याद थपका लागि राउतलाई सिरहा लान एउटा ट्रक र चारवटा सुरक्षा भ्यान प्रयोग गरिएको छ। समर्थकबाट अवरोध हुन सक्ने आँकलन गर्दै प्रहरीले सुरक्षा घेरा बनाएको एक सुरक्षा अधिकारीले बताए। राउतलाई राखिएको चिपमा लहान प्रहरी प्रमुख ( डिएसपी ) राजकुमार केसी सवार थिए। अदालत जाने क्रममा राउत मुस्कुराउँदै प्रहरीको भ्यानमा चढेका थिए। इलाका प्रहरी कार्यालय लहानका प्रमुख ( डिएसपी ) राजकुमार केसीका अनुसार म्याद थपपछि राउतलाई पुनः इलाका प्रहरी कार्यालय लहानमै ल्याएर प्रमाण पुष्टिकालागि अनुसन्धान अगाडी बढ्छ। राउतविरुद्ध राज्य विप्लव होइन , राज्यविरुद्ध संगठित अपराध मुद्दा यस कार्यालयमा दर्ता छ , केसीले...